काठमाडौं, फागुन १३ – संविधानसभा भवनभित्र पस्ने गेटपास नभएकाले उनीहरुलाई धेरैबेर बाहिरै बस्नुपर्यो ।
बल्लतल्ल अनुरोध सुनेपछि गेटमा खटिएका प्रहरीले भित्र पस्न दिए । रातो स्वेटर, सेतो र निलो रंगको साडी, अनि एक हातमा रातो किताब र अर्को हातमा कलम बोकेका चारजना महिला संविधानसभा भवन परिसरमा पुग्दा एकछिन धेरैले आश्चर्य माने ।
सुरुमा त को आएछन् भनेरे सभासद्हरु नै वरिपरी झुम्मिए । पत्रकारहरु धमाधम फोटो खिच्दै थिए । जब ती महिलाहरु हात्तीपाइले विरुद्धको औषधि खुवाउन आएका स्वयंसेविकाहरु भएको थाहा भयो, त्यसपछि सभासदहरु त्यहाँबाट फुत्किन खोजे । 

भात खान्न भन्ने बच्चालाई फकाउन भन्दा पनि सकस भयो सभासदहरुलाई सम्झाउन । सुरुमा कांग्रेस सभासद् मनमोहन भट्टराईले औषधि खानुभयो । अरु सभासद्हरु जसरी पनि हात्तीपाइलेको औषधिबाट तर्कने बाटो खोज्दै थिए । कोही रोगी भएको, कसैले औषधि खाइरहेको भनेर बाहना बनाइरहे ।
केही महिला सभासद्ले त आफू गर्भवती भएकोले खान नसक्ने समेत बताए । धेरैजसोले पहिले नै खाइसकेको भनेर ढाँटे । तर यो उनीहरुको फुत्कने निहुँ मात्र रहेछ भन्ने कुरा केही बेरपछि मात्र थाहा भयो । जतिबेला केहीबेर अघिसम्म पहिले नै औषधि खाइसकेको बताइरहेकी सभासद सोनिया यादवले औषधि नखानुको भित्री कारण खोल्नुभयो ।
‘पहिले एकपटक खाएको हो, एकदमै रिंगटा लाग्यो, चक्कर लाग्यो र दुई दिन सुत्नु पर्यो’ उहाँले भन्नुभयो । खाली पेटमा औषधि खानु भएको थियो की भन्ने स्वयंसेविकाको जिज्ञासा पूरा हुन नपाउँदै सभासद् यादवले भन्नुभयो, ‘होइन, खाना खाएरै खाएको थिएँ । तपाईंहरु जस्तै स्वयंसेविका आउनु भएको थियो, एकैचोटी तीन चारवटा औषधि दिनुभएको थियो । त्यो खाएपछि मलाई हात्तीपाइलेको औषधि खानै डर लाग्छ ।’

सबै ५ सय ७१ सभासद्लाई औषधि खुवाउने योजना बनाएर संविधानसभा भवन छिरेका स्वयंसेविकाहरुले निकै बेर कुरे । सम्झाउने प्रयास गरे । तर १९ जना बाहेक अरु कसैले औषधि खान मानेनन् ।
खानेमध्ये धेरै महिला थिए । त्यसमा पनि स्वयंसेविका पृष्ठभूमिबाट आएका सभासद् भएकाहरु । आफुले औषधि खाएपछि पहिले महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी सभासद मधुसाही ठकुरीले अरुले खान नमान्नुको कारण जनचेतनाको अभाव रहेको बताउनुभयो । अनर्गल प्रचार गरेर मिडियाले पनि केही वातावरण विगारेको उहाँको ठम्याई थियो । ‘सभासद्लाई पनि ज्यानको माया बढी भएको देखियो’ सभासद् ठकुरीले भन्नुभयो, ‘काउन्सिलिङको खाँचो छ ।’

स्वयंसेविका गोमा बराललाई सभासद् भनेपछि त सजिलै औषधि खुवाउन सकिएला, अरुलाई जस्तो सम्झाउन धेरै समय नलाग्ला भन्ने लागेको थियो । तर सभासद्लाई औषधि खुवाउनु उहाँले सोचेभन्दा फरक रहेछ ।
‘सभासद्ले हामीलाई टेर्नु भएन, हामीबाट तर्किने प्रयास मात्र गर्नुभयो, बरालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सुझबुझ भएका, संविधान बनाउने भनेर आएका सभासद्लाई औषधि खुवाएर सकारात्मक सन्देश लिएर जाऔंला भनेका थियौं । तर सोचे जस्तो भएन ।’

शरीरमा हात्तीपाइलेको परजीवि भएकालाई औषधि खाएपछि ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता असर देखिने भएकाले पहिले धेरैले सितिमिति औषधि खान मान्दैनथिए । अहिले यसरी डराउनेहरुले समेत कुरो बुझिसके । औषधि खानेहरुको सँख्या बढ्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर सभासदहरुलाई चाहिँ अझै कुरा बुझाउन बाँकी रहेछ ।

सभासदलाई औषधि खुवाउनु माम खान नमान्ने बच्चालाई फकाउनुभन्दा पनि बढी सास्ती भयो । औषधि खुवाउन संविधानसभा भवन नै पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रत्यक्ष भोगेको कुरा हो यो ।
सरकारले दोस्रो चरण अन्तर्गत शनिबारदेखि विभिन्न ९ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
0 comments:
Post a Comment