Wednesday, March 12, 2014

अब पानीबाट रक्सी बन्ने

केही दिनअघि सम्म भगवानले मात्र पानीलाई पानीलाई रक्सीमा परिवर्तन गर्न सक्थे । तर अब जोकोहीले यसो गर्न सक्ने छन् । यसको लागि तपाईंहरुले केवल ४९९ डर तिरेर मिराकल बोतल किन्नुपर्ने छ ।

यो बोतलले काम गर्ने प्रक्रिया निकै सरल छ, यसमा पानी हाल्नुहोस्, बाहिर वाइन निस्किन्छ । सबैभन्दा रामाइलो कुरा के छ, यसमा विभिन्न स्वाद र प्रकारको वाइन पनि बनाउन सकिन्छ । यस्तो चमत्कारी मेसिनको निर्माण गर्ने कम्पनी हो अमेरिकाको क्यालिफोर्नियामा रहेको कस्टमभाइन । यस मेसिनलाई प्रयोग गर्न प्रयोगकर्ताले उक्त मेसिनमा रहेको डब्बमा आवश्यक सामग्री राख्नुपर्छ । त्यसपछि त्यसको मेनुमा रहेको वाइनको प्रकार छानेर त्यसमा पानी हालेर मेसिनलाई चालु गर्नुपर्छ । केही समय पर्खेपछि त्यस बोतलमा रक्सी निर्माण हुन्छ । रक्सी भयो कि भएन भनेर तपाईंले जाँच पनि गरिराख्नुपर्दैन । यसलाई तपाईंको स्मार्टफोनमा जोडेर प्रक्रियालाई जहाँकहीँ बसेर नियाल्न सक्नुहुनेछ । यो प्रक्रिया पूर्णरुपमा सकिन र पानीबाट वाइन बन्न करिब ३ दिन समय मात्र लाग्छ । यस कम्पनीका सिइओ केभिन बोयर भन्छन्, ‘यसले केही सामग्री राखेपछि पानीलाई वाइन बनाउँछ । यो गर्दा समय र पैसा दुवैको वचत हुन्छ ।’ एउटा बोतल वाइन बन्दा करिब २ डलर मात्र खर्च लाग्ने गर्छ । अहिले कम्पनीले यस प्रकारको मेसिनको व्यवसायिक रुपमा निर्माण गर्नका लागि अहिले किकस्टार्टरमा रकम संकलन गर्दैछ ।

0 comments: