Sunday, March 2, 2014

१५ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री म्यानमार प्रस्थान

काठमाडौं,फागुन १८–प्रधानमन्त्री सुशीला कोइराला १५ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै म्यानमारका लागि प्रस्थान गरेका छन् । म्यान्मारमा हुन लागेको तेस्रो बिमस्टेक सम्मेलनमा भाग लिन कोइराला आज त्यसतर्फ पस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको टोली बैंकक हुँदै त्यसतर्फ जाने कार्यक्रम छ ।
प्रधानमन्त्री भएपछिको पहिलो भ्रमणका रुपमा म्यानमार गएका कोइरालाले त्यहाँ तीन दिनसम्म सञ्चालन हुने बिमस्टेक सम्मेलनमा भाग लिनुका साथै सहभागि देशहरुका समकक्षीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालका साथै भारत,पाकिस्तान,बंगलादेश,म्यान्मार,भुटान र थाइल्यान्डलगायत देशका राष्ट्र प्रमुखहरु सहभागि हुने छन् ।
तेस्रो विमस्टेक सम्मेलनलमा मुख्य तीन सम्झौतामा हस्ताक्षर गरिने कार्यक्रम तय गरिएको छ । बंगलादेशको ढाकामा बिमस्टेकको स्थायी सचिवालय, नयाँदिल्लीमा मौसम तथा जलवायु केन्द्रको स्थापना र भुटानमा सांस्कृति केन्द्र स्थापना गर्ने विषयमा सहभागि देशहरुले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको हो । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

0 comments: