Wednesday, March 5, 2014

मृत्युदण्ड सुनाइएका अनिसको जीवन रक्षार्थ महाअभियान

युएई दुवईमा मृत्युदण्डको सजाय सुनाइएका अनिस खालिङ राईको विषय अहिले सबैको चासो र चिन्ताको विषय बनिरहेको छ । दुवईको अदालतले मृत्युदण्डको सजाय सुनाएपछि अनिसको जीवन रक्षार्थ केवल दुईटा मात्रै विकल्प बाकी थियो । मृत्युदण्डको सजायबाट अनिसलाई उन्मुक्ति दिलाउनका लागि एउटा नेपालको राष्ट्र प्रमुखबाट त्यहाँको राष्ट्र प्रमुखसँग आममाफीको आह्वान गर्ने र अर्को अदालतले तोकेको ब्लडमनी तिर्ने ।

२०७० माघ २५ गतेतिरको कुरा हो, अनिस परिवारको अनुनय विनयसँगै एउटा मानवीयताको हिसाबले हामीले दुई वटै विकल्पलाई खुल्ला राखेर अनिसको जीवन रक्षार्थ अनौपचारिक छलफल सुरु ग¥यौ र त्यही छलफलबाट नारदकुमार राईको संयोजकत्वमा ११ सदस्यीय अनिस खालिङ राई बचाउँ अभियान समिति गठन गर्ने निष्कर्ष निकाल्यौं । उक्त समितिको सञ्चार संयोजकमा मलाई तोकियो । यो जिम्मेवारी एकदमै चुनौतिपूर्ण थियो । त्यत्तिखेरसम्म अनिसको मृत्युदण्ड बारे न मिडियालाई थाहा थियो न त कुनै संघसंस्थालाई नै । स्वयं हाम्रो लागि पनि यो घटना एका देशको कथा जस्तै थियो ।
जन्मभूमी छोडेर परदेश जाने रहर कसलाई होला र ? तर, बाध्यताको रहरको अगाडि के नै लाग्छ र ? अनेकौं बाध्यतामा बाँधिएर नेपालीहरु विदेशिन बाध्य छन् । प्रीयजनहरुलाई घरदेशमा छोडेर परदेशमा बस्नु पर्दा मन सायद अमिलो हँुदो हो ? अझ विदेशी भूमीमा नै आफू मारिने मिति तोकिए, मन कति अमिलो होला ? यो जोे कोहीको लागि कल्पना बाहिरको बिषय हो । तर, यही नियती खेपीरहेका छन्, संखुवासभाका अनिस खालिङ राई । आफु र आफ्नो परिवारको सुन्दर भविष्यको लागि मिठो सपना बोकेर २०६८ सालमा युएइ दुबई पुगेका मत्स्यपोखरी–३ का अनिस आफ्नो घोषित मृत्युको मिति कुरेर बसेका छन् यतिबेला । सबै सपनालाई जेलको छिडिमा थन्काएर मृत्यु कुरेर बस्दा उनको मन कस्तो हुँदै होला ? अनिशलाई दुबईको अदालतले मृत्यदण्डको सजाय सुनाएको छ । भनिएको छ, ‘अब तलाई यही मारिन्छ ।’ पुस्तौदेखी दुःख खेप्दै आएका परिवारलाई दुःखबाट मुक्त पार्ने मिठो सपना बोकर दुबई पुगेका अनिस यतिखेर परिवारकै लागि अकल्पनीय दुःखको स्रोत बनेका छन् । गाउँमा अत्यन्त सोझो र इमानदार छविको अनिसलाई एक पाकिस्तानीको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनको कुनै मान्छे मार्ने नियत थिएन । सँगै काम गर्ने ४० वर्षीय पाकिस्तानी नागरिक (जो समलिङगी थिए) ले अनिशमाथि पटक–पटक गरेको यौन दुव्र्यवहारको प्रतिकार गर्ने क्रममा भवितव्य घटना भएको थियो । ती पाकिस्तानीको दुव्र्यवहारबाट धेरै आजित थिए । अनिशले यौनदुव्र्यवहार प्रतिकार गर्ने क्रममा झगडा हुँदा घाइते भएका ती पाकिस्तानीको उपचारका क्रममा मृत्यु भएको बताइन्छ । ती पाकिस्तानीको हत्या गरेको भन्दै उनलाई लामो समयदेखि जेलमा थुनिएको छ । केही महिनाअघि उनलाई दुबईको अदालतले मृत्यूदण्डको सजाय सुनाएको हो । अनिसले नियतवश अपराध गरेको प्रमाणित भएको भए उनले तत्कालै मृत्यूदण्डको सजाय पाइसक्थे । नियतवश ज्यान लिनेलाई तत्काल मृत्युदण्ड दिने दुबईमा कानुन छ । तर, अनिलाई अहिलेसम्म जेलमा राखिएको छ । उनी मृत्युदण्डको भागीदार नहुँदै पनि भाषा समस्याको कारणले उनलाई फसाईएको हुन सक्ने अनुमान लगाउन त्यत्ति गाह्रो पर्दैन ।
जुन दिन समिति गठन भयो त्यो दिनसम्म अनिसको बारेमा आधिकारिक कागजको रुपमा दुबई अवुधावीस्थित नेपाली दुताबासले नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई पठाएको एउटा पत्रबाहेक हामीसँग अरु केही पनि थिएन । मिति २०७० साल पुस ४ गते जारी गरिएको उक्त पत्रमा अनिस खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या अभियोगमा मुद्धा चलाउने क्रममा तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजायलाई नै माथिल्लो अदालतले पनि सदर गरेको र अनिसलाई उक्त सजायबाट उन्मुक्ति दिलाउन ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) तिर्नुपर्ने उल्लेख थियो ।
हामीले राज्यका विभिन्न निकायहरुसँग आममाफीको आह्वानको लागि लबिङ ग¥यौ तर त्यसको सम्भावना एकदमै न्यून हुँदै थियो । धेरै दौडधुपको क्रममा अधिकांशले आममाफीको आशा नगरे हुन्छ अनिसलाई बचाउने हो भने ब्लडमनी संकलन गर्नुको कुनै विकल्प छैन भन्ने सुझाव पायौं । भलै, परराष्ट्र मन्त्रालयकै सहसचिवसमेतलले हामीलाई यस्तै सुझाव दिनुभयो । त्यसपछि सरकारले उपलब्ध गराएको पत्रलाई नै आधिकारिक मान्दै समितिले एउटा संकल्प ग¥यो ‘अनिसको जीवन रक्षार्थ ब्लडमनी संकलनको महाअभियान थाल्ने’ । तर अदालतले तोकेको ब्लडमनी समितिको पहुँच भन्दा निक्कै माथि थियो । तैपनि हामीले आँट कस्यौं । एक जना नेपाली युवाको अनायसै मारिदै थियो त्यो जो कसैको लागि सहय थिएन । तथापी, एक जना नेपालीको दुखमा साथ दिन सपथ नै खायौं हामीले ।
हामी चरणबद्ध रुपमा बैठक बस्न थाल्यौं । धेरै वटा प्रस्तावहरुमध्ये एउटा प्रस्तावमाथिको छलफलबाट हामी निर्णयमा पुग्यौं ‘२०७० माघ २९ गतेको दिन रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अनिस परिवारको पीडा पोख्ने र अभियान समितिको अभियानबारे जानकारी गराएर ब्लडमनी संकलनको काम सुरु गर्ने’ । त्यसै अनुरुप मेरै अफिसमा धेरैपटक बैठक बस्यौं । समितिको आधिकारिक लेटर प्याट, छाप लोगो, चिठ्ठी, पे्रस विज्ञप्ती, फ्लेक्स जस्ता समाग्री तयार पार्ने काम भयो । त्यसको लागि संयोजक नारदकुमार राई, सहसंयोजक सुजन खालिङ, सचिव देवेन्द्र खालिङ र सञ्चार संयोजक म (प्रकाश खालिङ) खटिएका थियौं । २९ गतेको निर्धारित समयभन्दा ५ मिनेट अगाडि पत्रकार सम्मेलन स्थल रिपोर्टर्स क्लब पुग्दा हलभरी क्यामेरा तेर्सिएको थियो । मलाई धेरै खुशी लाग्यो हाम्रो निमन्त्रणालाई पत्रकारहरुले रेस्पोन्स गरेको अनुभव भयो । तर जब अघिल्ला कार्यक्रम सकिएर हाम्रो कार्यक्रमको सुरुवात हुन लाग्यो पत्रकार र क्यामराम्यनहरु एक पछि अर्को गर्दै बाहिरिन थाले । अघि पुरै हल भरिने पत्रकारहरु त हाम्रो कार्यक्रमको लागि होइन अघिल्लो कार्यक्रममा आएका रहेछन् भन्ने कुरा त्यसपछि बल्ल बुझियो । म सञ्चार संयोजकको हैसियतले आत्मग्लानी भयो तर त्यसमा मेरो कमजोरी थिएन । मैले त धेरै पत्रकार साथीहरुलाई फोन गरेर इमेल पठाएर पत्रकार सम्मेलनमा बोलाएकै थिए उनीहरु नआइदिएपछि कसको के लाग्छ र ?
पत्रकार सम्मेलनको भोली पल्टको मैले आधा दर्जन राष्ट्रिय दैनिक किने तर गोरखापत्रमा राजेश चाम्लिङले बाइलाइनसहितको समाचारबाहेक अरु कुनै पनि पत्रिकाको प्रयोरिटीमा परेन हाम्रो पत्रकार सम्मेलन । केही अनलाइनहरुले कभरेज गरे । केही टेलिभिजनमा समाचार आयो भन्ने सुनियो तर लोडसेडिङले हामीले देख्न पाएनौं । त्यसको अर्थ हामीले गरेको पत्रकार सम्मेलनको समाचार आउनै पथ्र्यो भन्ने होइन, अनिस परिवारको पीडा र अभियान समितिको ब्लडमनी संकलनको अभियानबारे कति धेरैलाई सुनाउन सक्यौं भन्ने हिसाबले यो कुरा भनिरहेको छु । राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको त्यो पत्रकार सम्मेलनको समाचार हामीले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्प्रेसन गर्न थाल्यौं । देश विदेशबाट लाइक र कमेन्ट आउन थाल्यो । हामीले प्रश्न र प्रतिप्रश्नको व्यवस्थित ढंगबाट उत्तरित गर्ने कोशिस ग¥यौं । हामीले संयोजक नारद कुमार राई र अनिसकी श्रीमती रविता राईको नाममा ग्लोबल आइएमइ बैंक, चाबहिल शाखामा खोलिएको बैंक खाता र समितिका सबैजनाको मोबाइल नम्बर सार्वजनिक ग¥यौं । अनिसको वास्ताविकता सार्वजनिक ग¥यौं । बृद्ध आमा, नाबालक छोरीलाई काखी च्यापेर आफ्नो श्रीमान्को जीवन रक्षाको लागि भीख मागिरहेको अनिसकी श्रीमती रविताको अवस्था सार्वजनिक ग¥यौं । त्यसपछि विस्तारै अभियान त्यही फेसबुकको माध्यमबाट प्रभावकारी रुपमा अघि बढ्न थाल्यो । समितिका सबै जनाको मोबाइलमा देश विदेशबाट तारन्तार फोन आउन थाल्यो । छ महिनाको भित्र अदालतले तोकेको ५६ लाख रुपैयाँ संकलन गरिसक्ने लक्ष्यका साथ अभियान समिति अघि बढिरह्यो । उक्त रकम संकलन गरेर अनिसको जीवन रक्षार्थ जस्तो सुकै मुल्य चुकाउन पनि तयार भएर समिति अनवरत रुपमा लागि परिरह्यो । तर जुन रुपमा समितिले आफ्नो लक्ष्य बनाएको थियो, त्यो भन्दा अझ बढि प्रभावकारी रुपमा रकम संकलन हुन थाल्यो । सिधै बंैकमा जम्मा गर्ने र स्वयं अनिस परिवारलाई रकम हस्तान्तरण गर्नेको भीड नै लाग्यो । फलस्वरुप ६ महिनाको अवधिमा ५६ लाख रकम संकलन गर्ने समितिको लक्ष्य करिब डेढ महिनामै पूरा भयो ।
विडम्बनाको कुरा ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) होइन ३ लाख ५ हजार दिरहाम (८६ लाख हो भन्ने पत्र दुताबासले पठायो । २०७० माघ २० गते राजदुतले परराष्ट्रलाई पठाएको उक्त पत्रले हाम्रो सिंगो अभियानलाई नै एक पटक धर्मराइदियो । हामीमाथि फेरी एउटा चुनौति थपियो । जुन नेपाल सकारकै गम्भिर लाचारीपनको उपज हो भन्ने हाम्रो ठहर हो । तर अहिलेसम्म सुरुमा २ लाख र पछि ३ लाख ५ हजार दिरहाम भन्ने दुईटा पत्र किन आयो भन्ने कुरा भनेको छैन । अहिलेसम्म अनिसको बारेमा न राज्यको कुनै निकाय बोलेको छ न त अन्य निकायहरूले नै । हामीले ब्लडमनी संकलनसँगै कुटनीतिक र कानुनी प्रक्रियाहरुलाई पनि सँगसँगै अघि बढाउँदै आएका छौं । यसअघि तत्कालिन परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेलाईसमेत भेटेर यसको बारेमा सुझाएका थियौं । म बुझ्छु भन्ने रेडिमेट उत्तरबाहेक हामीले अरु उत्तर पाएनौं । हाम्रो भनाइ के हो भने दुई लाख दिरहामबाट किन एकाएक ३ लाख ५ हजार दिरहाम भन्ने पत्र पठाइयो । समितिलाई सबै भन्दा अप्ठेरो विषय यही हो । यस विषयलाई लिएर धेरैले हैरान बनाइरहेका छन् हामीलाई । यसबारे सरकार अर्थात राजदुत स्वयंले तत्काल उत्तर पठाइयोस् । अनि अर्को कुरा ब्लडमनी संकलन भएपछि, त्यो बुझाउने विधी प्रक्रियाहरु केके हुन् यसको बारेमा राज्यले छिटोभन्दा छिटो पहल गर्नुपर्छ ।

हामीले समिति बनाएर पनि राज्यलाई अनावश्यक दबाब दिने कुनै क्रियाकलाप गर्नुको सट्टा स्वतस्फुर्त रुपमा सबैलाई झकझकाउने र जिम्मेवारी बोध गराउने अविभावकीय गतिविधिमात्रै गरिरहेका छौं । हामीले चाहेको भए सरकारलाई दबाबमुलक कार्यक्रम आन्दोलन, अनसन बस्न सक्थ्यौं । त्यस्तो छलफल नभएको पनि होइन तर त्यो गर्नु हुँदैन भन्ने निचोड निकालेर हामी सौहार्दपूर्ण तरिकाबाट राज्यले गर्नुपर्ने काम समितिले सम्हालिरहेको छ । पछिल्लो समय हामी समितिलाई ब्लडमनी संकलन गर्न मद्दत पु¥याउने त्यही फेसबुक सञ्चालले हामीलाई हैरान बनाउन थालेको छ । फेसबुकमार्फत अनावश्यक टिक्काटिप्पनी तथा समाचारहरु सम्पे्रशन गर्ने काम भइरहेको छ । सबभन्दा बढि त अभियान समितिले गरेको कामको श्रेयको आफुले पाउन लुछाचुडी नै भइरहेको छ ।
यो लेख तयार पार्दासम्मको अवस्थामा हाम्रो आधिकारिक बैंक खातामा एक करोडको हाराहारीमा ब्लडमनी जम्मा भइसकेको छ । जुन रकम संकलन गर्नका लागि अमुल्य योगदान पु¥याउने सबै सहयोगदाता देश विदेशमा रहनुभएका नेपाली मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । ब्लडमनी संकलन बढि उठ्यो, अब त्यो बढि भएको रकम के गर्ने, कसलाई दिने जस्ता अनावश्यक क्रियाप्रतिक्रिया भइरहेको छ । यस्तै विषयलाई उछालेर अनिस खालिङ राई बचाउ अभियान समितिमाथि अविश्वास पैदा गराउने काम भइरहेको छ । यो भन्दा दुःख विषय के हुन सक्छ ? हामी समिति जुन लक्ष्य र उद्देश्यका साथ लागि पर्दै आएका छौं जसमा अहिले पनि हामी प्रतिबद्ध छौं । आर्थिक पारदर्शीताको विषयमा धेरैको आशंका छ त्यसमा हामी एकदमै सजक र प्रष्ट छौं । हामी हिजो पनि एउटा नेपाली नागरिकको जीवन रक्षाको लागि अभियान सुरू गरेका थियौं र अहिले पनि उनलाई कसरी सकुशल स्वदेश फिर्ता ल्याउने भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्यहरू अघि बढाइरहेको छ । जब अनिस नेपाली भूमिमा ल्याइसकेपछि उसको नाममा संकलित रकम कहाँ के गर्ने भन्ने कुराको छिनोफानो गरिने छ । यस विषयमा अहिले नै अनावश्यक क्रियाप्रतिक्रिया गर्नुको कुनै अर्थ छैन ।

0 comments: