Thursday, September 15, 2016

बसन्तपुरमा इन्द्रजात्राको रौनक, हेर्नुस् ९ तस्वीर

३० भदौ, काठमाडौं । जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइएको छ । जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा बिहीबार दरबार स्क्वायरस्थित तल्लो टोलमा रथ तानिएको छ । भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेकाहरू अझै भएकोले रथ यसपालि पनि दिउँसै तानिएको छ ।
भोलि शुक्रबार माथिल्लो टोल र मंगलबार नानिचाःयाः भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचाःयाः को दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।
भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारी बस्ने हनुमान ढोका दरबारस्थित गद्दी बैठक पुनर्निर्माण भइनसकेकाले वसन्तपुर डबलीमा टेन्ट राखेर व्यवस्थापन गरिएको बताइएको छ । जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारको त्रैलोक्य मन्दिर पनि पुनर्निर्माण हुन सकेको छैन, त्यसैले मन्दिरमा अस्थायी मञ्च बनाएर नाच प्रदर्शन गरिनेछ ।

0 comments: