Friday, September 23, 2016

" सुन खाेज्न छाेडेर ज्ञान खाेज्दै कशोरी "

अमर कार्की बिद्यापुर, ७ असाेज सुर्खेत "शाथीहरुकाे लहलहैमा लागेर पढाइ बिचैमा छाेडे तर जीवनकाे बाटाे देखाउने पढाइ नै रहेछ" याे भनाइ बिद्यालय पुनः भर्ना भएकी किशोरी काे हाे । सुर्खेत जिल्लाको पश्चिम बिद्यापुर १ कि अमृता राजी अाजभाेली पढाइ लाई महत्त्व दिन्छिन् । उनिसंगका शाथीहरु बिद्यालय बिचैमा छाेडेका र उनिहरुकाे लहलहैमा लागेर उनले पनि माध्यमिक तहमा नै पढाइ राेकिन अनि सुरु भयाे उनका दुखका दिनहरु । ९ जनाकाे परिवार त्यसैमाथि कमजाेर अार्थिक अवस्था र अाम्दानीका श्राेत हरु पनि कम भएका कारण दैनिकी संघर्ष पुर्ण बन्याे । घर नजिकै रहेको माद्यामिक बिद्यालय मा उनका शाथिहरु पढ्न जाँदै गर्दा उनी नदिकाे वगरमा र खाेलाकाे छेउमा जान्थिन ।दैनिक रुपमा माछा मार्ने, सुन खाेज्ने र केही समय खेतीपाती गर्ने यस समुदायको दैनिकी रहेकाे छ । युवाहरु बिचैमा कक्षा छाेडेर भारतमा गएर ज्याला मजदुरी गर्ने भएकोले माध्यमिक तह पूरा गरेका हरुकाे संख्या न्यून रहेकाे छ ।
स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र किर्डाक नेपाल द्वारा संचालित संवाद केन्द्र उनकाे लागि मार्गदर्शक बनेकाे छ । पढाइ छाेडेकी अमृता संवाद केन्द्र कि सहजकर्ता अञ्जु थापा काे पहलमा नियमित संवाद केन्द्र मा अाउन थालेकि छन् ।दैनिक २ घण्टा छलफल हुने संवाद केन्द्र मा किशोर किशोरी का समस्या, सामाजिक सवालहरु, स्वास्थ्य सरसफाइ, पञ्जीकरण, सरकारी सेवा सुबिधा, अधिकार र कर्तव्य, शुसासन, बिपद, बचत लगाएतका अन्य बिषयमा छलफल हुने गरेकाे छ । संवाद केन्द्रमा जीवन उपयोगी सिपकाे बारेमा महसुस गरेर पुन: बिद्यालय भर्ना भएको उनी बताउँछिन् । घर वरपरकाे बाताबरण सरसफाइ, करेसाबारी निर्माण, संवाद मा भएको छलफल घरपरिवारमा छलफल गर्ने र बिद्यालय मा पनि नियमित जान थालेपछि समुदायका अरुले पनि सिकाे गर्न थालेका छन् । दैनिक रुपमा अनावश्यक खर्च हुने रकम बाट बचाएर उनले १२०० रुपैयाँ बचत गरेकी छन् ।
बचत गरेकाे रकम बाट अाफ्नाे पढाइमा लगानी गर्ने गरेकि छन् । अाफ्नाे पढाइलाई अगाडि बढाउन किर्डाकले गरेकाे सहयाेग मा खुसी ब्यक्त गरेकी छन् । लाेपउन्मुख जाती काे रुपमा रहेकाे राजि समुदाय यस क्षेत्रमा १० घर रहेका छन् । संवाद सहयोग समिति का अध्यक्ष जुनिसरा राजीले अब अरु किशोरी लाई पनि सकारात्मक सन्देश दिदै ब्यवसायमा लाग्न उत्प्रेरित गर्ने बताउनुभएको छ

0 comments: