Saturday, October 8, 2016

भाइबरले नेपालमा तोक्यो फ्रि भाइबर क्षेत्र

अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । भोलि २२ गतेदेखि लागू हुने गरी पाँच स्थानलाई फ्रि भाइबर तोकेको हो । जसमा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट -शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट -काठमाडौं मल) र डिजी टेक काठमाडौं -पाको न्यूरोड (ताम्राकार हाउसको अगाडी) छन् । सुबिसु केबल नेट प्रा ली द्वारा उपलब्ध फि्र भाइबर क्षेत्रमा प्रयोगकर्ताहरुले निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । ‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ, भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भनेका छन् । उनका अनुसार भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा प्रस्तुत गरेको छ ।

0 comments: