Sunday, November 6, 2016

अब गाउँ-गाउँमा इन्टरनेट

काठमाडौं, १८ कात्तिक। अबको केहि वर्षा पछि नेपालका गाउँ-गाउँमा ब्रोडब्याण्ड मार्फत इन्टरनेट सेवा पुग्ने भएको छ . जस्कोलागी दूरसञ्चार प्राधिकरणले ९१ करोड रुपैयाँ खर्च गर्ने भएको छ । लामोसमयदेखि खर्च हुन नसकेको ग्रामिण दूरसञ्चार कोषमा जम्मा भएको रकम खर्च गर्दै गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्‍याउने काम सुरु गर्न लागेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । प्राधिरकणले चालु आथिक वर्षमै कोषमा जम्मा भएको रकम मध्येबाट ९१ करोड ५० लाख रुपैयाँ खर्थ गर्दै सातै प्रदेशमा प्योकजअनुसार गाविस, विद्यालय, शैक्षिक संस्था, हेल्थपोष्ट, अस्पताल लगायतको सरकारी अफिसमा इन्टरनेट सेवा विस्तारको लागि ब्रोडव्याण्ड पूर्वाधार निर्माण गर्ने गरी वाषिर्क कार्ययोजना तय गरेको छ । यसै गरी प्राधिकरणले दूरसञ्चार कोषमै जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडव्याण्ड सेवा मार्फत इन्टरनेट सेवा विस्तारको लागि तीन वटा प्याकेजमा ३३ करोड रुपैयाँ खर्च गर्दै ब्रोडव्याण्ड पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । त्यस्तै ग्रामिण दूरसञ्चार कोषमार्फतनै नेपाल टेलिकमको सहकार्यमा ‘अप्टिकल फाइवर नेटवेर्क विस्तारमा २ अर्ब रुपैयाँ र अन्य सेवा प्रदायक छनोट गरी अप्टिकल फाइवर नेटवर्क विस्तारकै लागि ३ अर्ब रुपैयाँ खर्च गर्दै काम सुरु गर्ने कार्ययोजना घोषणा गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा मात्रै अप्टिकल फाइवर नेटवर्क विस्तारका लागि कुल ५ अर्ब रुपैयाँ खर्च गर्न लागेको अर्यालले बताए । - See more at: http://nepalbharat.com/2016/11/3118/#sthash.d3zGKHKf.dpuf

0 comments: