Wednesday, November 9, 2016

५०० र १००० का भारु नोटवारे राष्ट्र वैंकले गर्‍यो यस्तो निर्णय

भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको अने । नेपाल र भारतीय सीमामा र ठुला शहरमा सबै दरका भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ । काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् । राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए । भारतीय नोट नेपालसँगै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन । राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए । भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन । मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए । भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैयाँको चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ । राष्ट्र वैंकका निर्देशक राजेन्द्र पण्डितकाे भनाइ जस्ताकाे जस्तै: आकस्मिक रुपमा भारतीय सरकारले ५०० र १००० का नोट प्रतिवन्ध लगायो । निश्चित समय तोकेर सटही गर्ने व्यवस्था पनि गरेको छ । भारत सरकारको निर्णयपछि आज विहान राष्ट्र वैंकका अध्यक्षको नेतृत्वमा व्यवस्थापनको बैठक बसेको छ । र, तत्काल गर्नुपर्ने केही कुरा निर्णय भएको छ । जस्तै पहिलो कुरा–बैक तथा वित्तिय संस्था मनी ट्रान्फरहरुसँग आफुसँग भएको स्टक पैसाको जानकारी तुरुन्त नेपाल राष्ट्र बैकलाई जानकारी गराउनु भन्ने सर्कुलर गर्दैछ । हिजो साँझको क्लोजिङ स्टक हो । धेरै कुरा भातरीय केन्द्रीय वैंकको निर्णयमा भर पर्छ । अहिले १० बजेपछि भारतीय रिजर्व बैंकसंग टेलिफोन वा कुनै माध्यमबाट सम्पर्क भएपछि मात्र स्पष्ट कुरा आउँछ । हामीले यहाँ संकलन गरेका नोटहरुको कसरी सटही हुन्छ भन्ने निश्चित जवाफ आउँछ । त्यसकै आधारमा सर्वसाधारणसँग भएका नोट कसरी वा कुन माध्यमबाट साटने भन्ने तुरुन्त सूचना जारी गरिन्छ । हाम्रो अर्थ व्यवस्थामा प्रभाब पर्न सक्छ । भारत सरकारले हाम्रो आन्तरिक रुपमा वा देश भित्र कारोबार गर्नको लागि बनाएको नोट हैन् । यसको कारोबार गर्दा भारतीय विधान अनुसार नै गर्नुपर्ने हुन्छ हामीले । भारत भ्रमणको बेला प्रयोगमा ल्याउन सकिन्छ । आर्थिक र अन्य सम्बन्ध अत्यन्त निकट भएका कारणले सर्वसाधारण ठुलो मात्रामा विदेशी मुद्रा होल्ड नगर्नु, कारोबार नगर्नु भन्ने सूचना पटक–पटक सूचना जारी भएको हुन्छ । तै पनि केही मुद्रा होल्ड गरिराखेको हुन सक्छन् । संकलन र संचय गर्न भनिएको छैन । त्यसकारण यी नोट भारतको नीति र उनले कारोबार गर्नु भने अनुसारनै प्रयोग गर्नुपर्छ । भारतको प्रतिक्रिया के आउँछ र कत्तिसम्म हामीले भारतमा लगेर जम्मा गर्न सक्छौं त्यही अनुसार नै भारतलाई सूचना जारी गर्नु पर्ने हुन्छ । अहिले सर्वसाधारणले आत्तिनु पर्दैन । राष्ट्र बैंकको सूचना पर्खनु राम्रो हुन्छ । कारोबारको लागि नेपालको आर्थिक क्षेत्रमा के प्रभाव पर्छ भन्नेमा यो कारोबारको लागि राखिएको नोट हैन । कारोबारको लागि नेपाली रुपैंयाँ नै जम्मा गरिएको हुन्छ । ठूलो प्रभाव पर्ला जस्तो लाग्दैन । कत्तिपय ब्यक्तिले कानुनको उलंघन गरि ठुलो रकम जम्मा गरेर राखेका छन् भने उनीहरुलाई केही समस्या पर्ने हुन्छ । भारत सरकारले पनि नक्कली नोट र गैरकानुनी रुपमा राखिएको नक्कली नोटलाई ध्यानमा राखेर ल्याएकाले धेरै असर नगर्ला ।

0 comments: