Saturday, August 31, 2013

गएराती भुईचालो गएको ठाउँ नजिक आज विहान फेरी अर्को भुईचालो गयो

काठमाडौं, भदौ १५ - (अपडेट) शुक्रबार राती देशका बिभिन्न ठाउँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति ११ बजेर ३५ मिनेट जाँदा तिब्बत केन्द्रबिन्दू भएको ६ रिक्टर स्केलको भूकम्प गएको हो ।



 
दोलखाको जिरीबाट ५५ किलोमिटर उत्तरमा पर्ने तिब्बतमा केन्द्रबिन्दु भएका भूईचालोबाट देशका धेरै ठाउँमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख डाक्टर सोमनाथ सापकोटले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
चिनियाँ समाचार एजेन्सी सिन्हवाले भने सिचुवान र युनान प्रान्तको सिमा क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्र बनाएर ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प गएको जनाएको छ । अमेरिकी भुगर्भ विभागले भने भूईचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको जनाएको छ ।

भूकम्पको धक्काले ठूलो क्षति नपुगेपनि केहीघरमा सामान्य क्षति पुगेको र भाग्ने क्रममा केही सामान्य घाईते भएका छन । भूकम्पको धक्का महसुस भए लगत्तै काठमाडौंका धेरै बासिन्दा राति घर बाहिर निस्किएका थिए ।

शुक्रबार राती भुईचालो गएको केन्द्रबिन्दु नजिकै शनिबार विहान ३ बजे पनि ५ रिक्टर स्केलको भुईचालो गएको छ । त्यस्तै बिहान ६ बजेर १३ मिनेट जाँदा चीन, भुटान र भारतीय सीमाक्षेत्रमा पर्ने जि झाङ्ग क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब १ रिक्टर स्केलको भुईचालो गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन ।

0 comments: