Monday, August 5, 2013

१५ वर्ष सम्म ओढारमा बस्दै आएका ७८ बर्षिय हस्तबहादुरले नया घर पाए


चितवनको विकट पहाडी गाविस सिद्धिको ओढारमा १५ बर्ष देखि बस्दै आएका ७८ बर्षिय हस्तबहादुर चेपाङले नयाँ घर पाएका छन् । श्रीमती छोरा छोरी कोही नभएका एकल हस्तबहादुरको लागि होटल मोनालिसा सौराहाका सञ्चालक केशब खनालले बस्ने घर बनाईदिएका हुन । सिद्धि–८ पाईमाराङमा खनालले १ लाख रुपैयाको लागतमा सो घर बनाईदिएर हस्तबहादुरलाई हस्तान्तरण गरेका हुन् ।

घर हस्तान्तरण कार्यक्रमको चेपाङ अभियान्ता गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य होमनाथ सापकोटा,प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा, पत्रकार दीपेन्द्र बडुवाल लगायतले विपन्न चेपाङलाई घर बनाईदिएकोमा पर्यटन व्यवसायी केशव खनाललाई धन्यबाद व्यक्त गरेका थिए । होटल व्यवसायी खनालले हस्त बहादुरलाई आवश्यक पर्ने कपडा,भाडा सहित उनलाई बाचुञ्जेल चाहिने खाद्यन्न उपलब्ध गराउदै आएका छन भने हस्त बहादुरलाई हेरचाह गर्ने शेर बहादुर चेपाङको परिवारलाई प्रोत्साहन स्वरुप १० हजार रुपैया दिने समेत खनालले बताएका छन् ।

0 comments: