Saturday, January 25, 2014

एक मिनेट झोला राखेको पाँच सय !

११ माघ, काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक चिया पसलमा केहिबेर झोला राख्दा जुम्लाका रामजीप्रसाद न्यौपाने पाँच सय तिर्नु परेको छ
जुम्ला गज्याङ्कोट गाविस खल्लावाडाका २५ वर्षीय न्यौपानेले आफ्नो पसलमा झोला राखेको भन्दै पसलले ५ सय लिएका हुन् । झोला राखी पिसिओबाट फर्किसकेपछि झोला लिन खोज्दा एक हजार ‘भ्याट’ लाग्छ भनेर झोला दिन नमानउनले बताए ।
पछि बल्लतल्ल पाँच सय तिरेर झोला लिएको उनले बताए । उनका अनुसार झोलामा एकजोडा कपडा र दुईवटा किताब थियो । रासस

0 comments: