Monday, January 27, 2014

स्वास्थ्यमा एन्टिअक्सिडेन्टको महत्त्व

शरीर स्वस्थ राख्न पोषिला खाद्य वस्तुको उपभोगलाई जोड दिइन्छ ।

  पोषिला खाद्य वस्तुले शरीरको समग्र स्वास्थ्यमा योगदान गर्छन् तर सबैको प्रभाव एकनाशको हुँदैन र शरीरको अवस्था हेरेर त्यस्ता खाद्य वस्तु रोज्नुपर्ने हुन्छ तापनि एन्टिअक्सिडेन्टमा पाइने पोषिला वस्तु सर्वथा आवश्यक छ ।
पोषणको कुरा आउँदा एन्टिअक्सिडेन्टको चर्चा अचेल बढी हुने गर्छ किनभने मधुमेहदेखि क्यान्सरसम्मका घातक विकार यसले रोक्ने सिद्ध भइसकेको छ ।  हाम्रो शरीरमा उत्पन्न हुने घातक अवस्था अक्सिडेटिव स्ट्रेसको प्रभाव निस्तेज पार्न एन्टिअक्सिडेन्टको महìवपूर्ण योगदान रहन्छ ।
हामीले दैनिक खाने गरेका फलपूmल र तरकारीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ तर बजारका तयारी खाद्य वस्तुमा एन्टिअक्सिडेन्ट हुँदैन ।  खाद्य वस्तुका अन्य पोषक तìवसँग एन्टिअक्सिडेन्टको फलदायी संयोजन हुने भएकाले पोषकविद्हरू प्राकृतिक खाद्य वस्तुबाट सक्दो एन्टिअक्सिडेन्ट प्राप्त गर्नुपर्ने सुझाव दिन्छन् ।
हार्वर्ड मेडिकल स्कुल अफ फेमिली हेल्थ गाइडमा उल्लेख भए अनुसार बिहानको चिया वा कफीमा एन्टिअक्सिडेन्ट छ भने तपार्इंलाई मुटुको रोगबाट बच्न मद्दत पुग्न सक्छ ।  सन् २०१२, अक्टोवरमा इन्टरनेसनल जर्नल अफ वायोकेमेस्ट्री एन्ड सेल बायोलोजीमा प्रकाशित एक अनुसन्धानको विवरणमा कफी र चियामा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोलले बोसोको अक्सिडेसन रोक्छ ।  बोसोमा अक्सिडेसन उत्पन्न भएर शरीरमा चौतर्फी इन्फ्लामेसनका कारणले मुटुको रोग र मुधमेहले समात्ने खतरा बढ्छ ।
सन् २०१२, सेप्टेम्बरमा जर्नल अफ मेडिसिनल फुडमा प्रकाशित अनुसन्धानको विवरणमा उल्लेख भए अनुसार खाद्य वस्तुमा एन्टिअक्सिडेन्टहरूको संयोजनले हामीलाई अधिक फाइदा पुग्छ ।
यसैगरी, खाद्य वस्तुमा हुने एन्टिअक्सिडेन्टहरू भिटामिन ए, सी र ई तथा पोलिफेनोल्स र सेलेनियमलगायतका केही खनिजले फ्रिरेडिकललाई तह लगाएर प्रतिरक्षा प्रणालीलाई सबल बनाउँछन् ।  अमेरिकाको पेन स्टेट विश्वविद्यालयका अनुसार शरीरको सामान्य आन्तरिक प्रक्रियाबाट उत्पन्न हुने सहउत्पादन (बाइप्रोडक्ट) वा वातावरणबाट शरीरमा प्रवेश गर्ने खतरनाक यौगिक हुन् फ्रिरेडिकल ।  हानिकारक फ्रिरेडिकललाई निस्तेज पारेर एन्टिअक्सिडेन्टले केही प्रकारका क्यान्सरलाई रोक्न मद्दत पु¥याउँछ र एचआईभी सङ्क्रमणको व्यवस्थापनमा प्रतिरक्षा प्रणालीलाई सहयोग गर्छ ।  सन् २०१२, अक्टोवरको कार्सियोजेनेसिस जर्नलमा एन्टिअक्सिडेन्ट भिटामिन ‘सी’ले स्तन क्यान्सर रोक्न सहयोग गर्ने एक महìवपूर्ण एन्जाइमलाई सक्रिय बनाउने उल्लेख गरिएको थियो ।
यसैगरी, एन्टिअक्सिडेन्ट भिटामिन ‘ई’ र ‘सी’ भएका खाद्य वस्तु अधिक खाने गरेमा छाला चाउरिने क्रम सुस्त भएर बुढ्यौली ढिलो आउँछ, सन् २००८ को एज जर्नलमा उल्लेख गरिएको छ ।  यी एन्टिअक्सिडेन्टले स्मरण शक्ति ह्रास हुन पनि दिँदैनन् ।  एजेन्सी

0 comments: