Saturday, January 25, 2014

बुबाको सम्झना बृद्धबृद्धालाई भोजन

पत्रकार सुशील शर्माले आफ्ना दिवंगत बुबाको सम्झनामा शनिवार प्रशान्ति बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराएका छन् ।

दिवंगत बुवा इमाखर अधिकारीको सम्झनामा शर्माले आफ्ना आमा कौशिला अधिकारीसहित सहभागी भएर भोजन गराएका हुन् । उनले पहिले ब्राह्मणलाई दान पिण्ड दिने गरिएकोमा अवदेखि माघ ४ गते बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराउने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा उनलाई बृद्धाश्रमले सम्मानसमेत गरेको थियो । करिव ५० जना बृद्धबृद्धालाई भोजन गराइएको छ । भोजन कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले दाताहरुको सहयोगले बृद्धाश्रम संचालन भएकोले यसलाई क्षेत्रीय स्तरको बनाउन आग्रह गरेका छन् ।

0 comments: