Thursday, January 30, 2014

बालिका बलात्कार गर्ने सेनाका जवान पक्राउ

गोरखा, माघ १६ गते । जिल्लाको घ्याल्चोक गाविसस्थित वडा नं ९ मा गएको माघ ६ गते विद्यालय पढ्ने १५ वर्षीया बालिका बलात्कार गर्ने २८ वर्षीय विवाहित महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


पीडितको उजुरीको आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आफूलाई जबर्जस्ती बलात्कार गरेर कसैलाई भनेमा सिध्याइदिने धम्की दिएको पिडितले बताएकी छन् ।
बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोध्ने क्रममा बलात्कारको रहस्य खुलेको हो । स्थानीयको बिहेमा रत्यौली हेर्न गएका बेला बालिका बलात्कृत भएकी थिइन् । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0 comments: