Saturday, February 1, 2014

औषधि खान नमान्ने राउटेले गर्नथाले स्थायी बन्ध्याकरण


परिवार नियोजनका अस्थायी साधनसमेत प्रयोग गर्न नजान्ने राउटे जातिका मानिसहरु स्थायी बन्ध्याकरण गर्न थालेका छन् । परम्परामा गहिरो आस्था राख्ने यस जातिका मानिसहरुले सहजै स्थायी बन्ध्याकरण गर्न थालेको सुन्दा जोकोहीलाई पनि अचम्म लाग्नु स्वाभाविक नै हो ।

डडेल्धुराको भित्री मधेश क्षेत्रमा बसेको बन्ध्याकरण शिविरमा भने दुईजना राउटेले जातिका महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सक डा. प्रेम ऐरले बताए ।
जोगबुढा आमपानीकी दीपा राउटे र रत्ना राउटेले ५ सन्तान जन्माएपछि शिविरमै आएर बन्ध्याकरण गरेको नेपाल समाचारपत्रमा खबर छ । बन्ध्याकरण सफल भएपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र उनीहरु घरसमेत फर्केको बन्ध्याकरणमा संलग्न डा. गुणराज अवस्थीले बताए ।
५-५ जना बच्चा जन्माइसकेका महिलाहरुले अब छोराछोरीलाई पाल्न समस्या मात्र नभएर उनीहरुलाई पढाउन लेखाउन पनि समस्या हुने कुरा बताउँदै उनीहरु स्थायी बन्ध्याकरण गर्न जोगबुढा अस्पतालमा बसेको शिविरमा पुगेका हुन् ।

0 comments: