Saturday, February 1, 2014

‘नाई नभन्नु ल २’ गीत रिलिज, बालबालिकाको मनै छुने प्रेम(भिडियो)

‘गीतले मन छुन्छ, आनन्दित बनाउछ’, अनि मात्र सफल हुन्छ ।

चलचित्र ‘नाई नभन्नु ल’का गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको केही बर्ष मात्र भयो । निर्देशक विकास आचार्य अब फेरि दर्शकलाई यस्तै गीतहरुबाट आकषिर्त गर्न तयार छन् । चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल २’ को ‘यि आँखामा तिमी छौ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

वसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको शब्द रहेको यो गीतमा प्रेम परियारले स्वर दिएका छन् । यो गीतमा अनुभव रेग्मी, सुज्ञानीले अभिनय गरेका छन् । ‘चलचित्रका मुख्य हिरो नै अनुभव हुन्’, विकास आचार्यले भने ।

चलचित्रमा यि दुई बालकलाकारको साथमा सरोज खनाल, सुरज सिंह ठकुरी, जीवन लुइटेल, सिताराम कट्टेल, प्रियंका कार्की, बर्षा सिवाकोटीको मुख्य भूमिका छ । चलचित्रका सबै गीत उत्कृष्ट बनेकाले पनि विकास आचार्य र दिनेश कुमार पोख्रेलले मिलेर बनाएको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । यसभन्दा अघि पनि विकासका सिनेमा चल्नुमा गीतसंगीतको महत्वपूर्ण साथ थियो ।

0 comments: