Friday, February 7, 2014

नेपालको रेल्वे सेवा बन्द

कर्मचारीका कारण

नेपालको एक मात्र रेल्वे सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।


पाँच महीनादेखि तलब नपाएको भन्दै कर्मचारीहरु काममा नफर्किदाँ नेपालको एक मात्र रेल्वे सेवा अनिश्चितकालका लागि बन्द भएको हो । ब्रोडगेज निर्माणका लागि माटो पुर्ने काम भइरहेकाले रेल नचलेको व्यवस्थापनले जनाए पनि कर्मचारी नै नआए पछि रेल्वे सेवा बन्द भएको हो ।

८ माघदेखि बन्द रेल । तस्वीरः मिली झा
नेपाल रेल विभागका ओभरसियर रामचन्द्र साहले पाँच महीनासम्मको तलब नपाएसम्म काममा नफर्किने कर्मचारीले अडान लिए पछि रेल संचालन अनिश्चित भएको बताए । काम नपाएर कर्मचारीहरु कार्यालयमा आएर टाइमपास मात्र गर्ने गरेको उनको भनाइ छ ।
तर, विभागमा निमित्त महाप्रबन्धक रामेश्वर यादवले भने आर्थिक अभाव तथा मर्मतका कारण रेल बन्द भएको बताए । उनले बन्द रेल सेवा संचालनमा ल्याउने मितिबारे भने केही बताएनन् ।
भारतको जयनगरबाट ६ माघमा यात्रुसहित जनकपुर आइरहेको बेला इन्जिनमा खराबी आएको भन्दै चालकले रेल बीच बाटोमै रोकेका थिए ।

0 comments: