Saturday, February 22, 2014

एमाओवादीसँग एकता संभव : वैद्य

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीले अख्तियार गरेको हेटौंडा नीतिलाइ पुनर्विचार गरि पालुंगटार लाइनमा फर्किए एकता सम्भव रहेको बताउनु भएको छ ।

युरोप भ्रमणका क्रममा बेल्जियममा पुगेका वैद्यले दुवै तर्फबाट एकताका लागि कुरा भइरहेको जानकारी दिनुभयो ।



आफूहरु अरु साना क्रान्तिकारी कम्युनिष्ट दलहरुलाई एकीकरण गर्ने प्रयासमा लागेको र छलफल चलिरहेको पनि वैद्यले बताउनुभयो । उहाँले अहिलेको संबिधान सभाले रास्ट्रिय निकास दिन नसक्ने र जनताको संबिधान नबन्ने भएकोले नया ढंगले सहमति खोजिनु पर्ने बताउनुभयो ।

वैद्यसँगै रहेका नेकपा माओवादीका सचिव सचिब देब गुरुङले एनेकपा माओवादी संसदीय राजनीतिमा फस्दै गएको आरोप लगाउँदै उ नसुध्रिए अब एमाले जस्तै नाम मात्रको कम्युनिस्ट पार्टी बन्ने भविष्यवाणी गर्नुभयो ।

संबिधानसभामा नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलको दुइ तिहाइ बहुमत रहेकोले ती दल एमाओवादीलाई पेलेरै अघि बढ्ने योजनामा रहेको उहाँले बताउनुभयो । एमाओवादीका मुद्दा र उसको प्रतिनिधित्वले जनताको संबिधान बन्न नसक्ने उहँको भनाई थियो ।

0 comments: