Friday, February 21, 2014

जनताको संधिवान निर्माण गर्न बन्दुक बोक्न सक्ने ः वादल

विराटनगर, फागुन ९ 

नेकपा–माओवादीका महासचिव रामवहादुर थापा वादलले षड्यन्त्र गरेर बनेको वर्तमान संविधानसभा विघठन नगरे बन्दुक बोक्ने चेतावनी दिनुभएको छ ।

 
मोरङको लक्ष्मीमार्गमा शुक्रवार पत्रकारहरु संग कुरा गर्दै महासचिव वादलले अग्रगामी संविधान बन्न नदिन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षडयन्त्रव गरेर निर्वाचन गराई पश्चागमन संविधानसभा बनाएकोले यसवाट जनताको संविधान बन्न नसक्ने भएकोले यसलाई विघठन नगरे जनताले बन्दुक बोक्ने चेतावनी दिनुभएको हो । उहांले भन्नुभयो“ अहिलेको संविधानसभामा प्रतिक्रान्तीकारी र पश्चगमनकारीहरुको वाहुल्यता रहेकोले उनिहरुले जनविरोधी,पश्चगमनमा धकेल्ने अर्थात  जनताले क्रान्तीवाट खारेज गरेको २०४७ सालको जस्तो संविधान बनाउने हुंदा अग्रगामी र जनताको संविधान बनाउन जनताले बन्दुक बोक्नुको विकल्प रहंदैन । ”नेता वादलले त्यसकालागी नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले आउंदो सहिद सप्ताहामा जनताको सरकार गठन र संविधान निर्माणका लागी वहिष्कार, वार्ता र सडकको माध्यमवाट निर्णायक आन्दोलनको घोषणा गरि आन्दोलनको आंधीवेरी सृजन ागर्ने बताउनुभयो । 
उहांले त्यसमा सरकार र पश्चगमनकारी शक्तिहरुले हतियार प्रयोग गरेर दवाउने निति लिए जनताले बन्दुक बोकेर प्रतिरक्ष ागर्ने चेतावनी दिनुभएको छ । उहांले भन्नुभयो “उनिहरु जस्तो रुपमा उत्रिन्छन जनताले पनि त्यहि रुपमा प्रतिरक्षा गर्दै आन्दोलनलाई निष्कर्षमा पु¥याउंछन् । ” नेता वादलले आफुहरु शान्तिपुर्ण प्रचारात्मक, बन्दहड्ताल,वहिष्कारको आन्दोलनलाई अगाडी बढाई जनताको संविधान निर्माणको लक्ष्य प्राप्त गर्ने जिकिर गर्नुभयो ।
नेता वादलले वर्तमान संविधानसभा विघठन गरेर सर्वपक्षिय राजनैतिक सभावाट संविधान बनाएमात्र वास्तविक जनताको संविधान बन्ने र मुलुकले शान्ति र स्थायीत्व पाउने दावी गर्नुभयो ।  उहां भन्नुभयो “ जनविरोधीवाट जनताको अधिकार सम्पन्न संविधान निर्माण नहुने भएकोले सवै दल, क्षेत्र, वर्ग,लिङको प्रतिनिधित्व हुने सर्वपक्षिय राजनितिक सभावाट मात्र अग्रगामी जनताको संविधान निर्माण हुन्छ । ” 
उहाले यो संविधानसभालाइ आफनो पार्टीले स्विकार्न नसक्ने उल्लेख गर्दै जनताले चाहेको जस्तो संविधान बनाउन क्रान्तकारी कम्युनिष्ट पार्टीहरुको मोर्चावन्दीको लागी ध्रुविकरण आवश्यक रहेको बताउनुभयो । संसोधनवादी, नव संसोधनवादी र क्रान्तीकारी विच धु्रविकरण आवश्यक छ त्यो नभएसम्म अग्रगमनको जनताको संविधान बन्नपनि सक्दैन । ”  
महासचिव वादलले आफनो पार्टी भित्र कोहि कसैको निति र सवालमा कुनै विवाद र मतभेद नभएको उल्लेख गर्दै पार्टीमा विवाद छ भनेर वाहिर आएको हल्ला प्रतिकृयावादी र प्रतीगमनकारीहरुले चलाएको निराधार र कपोकल्पित मात्र हो भन्नुभयो । एमाओवादी संगको एकिकरण अहिले असम्भव रहेको पनि उहांले बताउनुभयो । 
संचारकर्मीको जिज्ञासामा नेता वादलले पार्टीको अधिवेशनमा आफु अध्यक्षको उम्मेद्वार बन्नसक्ने संकेत समेत गर्नुभएको छ ।

0 comments: