अर्घाखाँचीमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव काठमाडौं ल्याइएको छ ।
आइतबार दुर्घटना भएको नेपाल वायु सेवा
निगमको ट्वीनअटर विमानमा सवार सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पताल
महाराजगञ्जमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने नेपाली सेनाका
प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि
उडेको नाइन एन ए बीबी ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा र खाँचीकोट
गाविसको सीमामा पर्ने मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
दुर्घटनामा चालक दलका तीन सहित १७ जना नेपाली र एकजना विदेशी यात्रुको
ज्यान गएको छ ।

दुर्घटनामा नेपाली कांग्रेस जुम्लाका
सभापति मानव सेजुवाल, जुम्ला वाहिनीका मेजर दिपक श्रेष्ठ, पत्रकार महासंघका
पुर्व केन्द्रिय सदस्य गौरी कठायत, जिल्ला कृषि विकास बैंक जुम्लाका
म्यानेजर राजेन्द्र देवकोटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका
प्रमुख डा विकल्प पोखरेलको ज्यान गएको छ ।

यस्तै शिक्षक तेजबहादुर महतारा, हुम्लाका
हुलाक प्रमुख उमा श्रेष्ठ, कृष्णनाथ योगी, टेकबहादुर कठायत, नन्दा महतारा,
उमा तामाङ, डी महतरा, आर चौलागाई, डी शाही, वर्षा हमाल न्यौपाने र डीपी
उपाध्यायको ज्यान गएको छ । विमान चालक शंकर श्रेष्ठ, सहचालक रवीन्द्र
बञ्जारा र परिचारिका मुना महर्जनको पनि ज्यान गएको छ ।
यसैबीच विमान दुर्घटनामा परेपछि नेपाल
वायुसेवा निगमले ताप्लेजुङमा हप्तामा २ पटक मात्रै उडान गर्ने भएको छ ।
निगमका २ मध्ये एउटा ट्वीन अर्टर विमान दुर्घटनामा परेपछि ताप्लेजुङसहित
अन्यत्र पनि उडान कम हुने भएको हो ।
तस्बिर : प्रेमनारायण आचार्य/उज्यालो

0 comments:
Post a Comment