Thursday, February 20, 2014

एमाले नआएपनि शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ ।

गृह मन्त्रालय कसले राख्ने भन्नेमा एमाले र कांग्रेसबीचको विवाद नमिल्दा बिस्तार हुन नसकेको मन्त्रिपरिषद शुक्रबार विस्तार गर्ने तयारी भएको प्रधानमन्त्री सुशील कोइराला निकट श्रोतले जानकारी दिएको छ ।



शुक्रबार बस्ने संसदीय बोर्डको बैठकबाट कांग्रेसकोतर्फबाट मन्त्री बन्नेको नाम टुंगो लगाएर मन्त्री परिषद विस्तार गर्ने तयारी कोइरालाले गर्नुभएको छ । भोली एमाले सहभागि नभएपनि मन्त्री परिषद बिस्तार हुने कांगे्रस नेता दीपकुमार उपाध्यायले जानकारी दिनुभयो ।

कांग्रेसभित्रै उपप्रधान तथा गृह मन्त्रीका लागि महामन्त्री प्रकाशमान सिंह तथा विना विभागीय मन्त्री रामशरण महतको दावी रहेपछि कोइरालालाई मिलाउन गाह्रो परेको छ ।

0 comments: