Monday, February 24, 2014

कांग्रेस र एमालेमा कुन मन्त्रालय कसलाई ?

काठमाडौ, फागुन १२– कांग्रेस र एमालेबीच गृह मन्त्रालयको विवाद टुंगिए लगत्तै सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।

यसका लागि कांग्रेस र एमालेका नेताहरु आइतबारदेखि नै आवश्यक गृहकार्यमा जुटेका छन् । तर गृह मन्त्रालयमा कुरा मिलेपनि अरु मन्त्रालयको भागबण्डामा अन्तिम सहमति हुन बाँकी छ ।
भागबण्डा सजिलो बनाउन दुई पार्टीले मन्त्रालयलाई तीन भागमा वर्गीकरण गरेका छन् । शक्तिशाली, विकासे र जनसम्पर्कमा मन्त्रालयहरु छुट्याएपछि भागबण्डा गर्ने दुई दलको तयारी छ ।
२६ वटा मन्त्रालयमध्ये कांग्रेस र एमालेलाई १०/१०, राप्रपा र मालेलाई १/१ र बाँकी चार अरु दललाई सरकारमा ल्याउन प्रधानमन्त्री सुशील कोइरालाको जिम्मामा राख्ने प्रस्ताव छ ।
स्रोतका अनुसार शिक्षा, सञ्चार र स्थानीय विकास मन्त्रालयमा कुरा मिल्न बाँकी छ । सहमति अनुसार गृह मन्त्रालय एमालेले पाउने भएपछि अर्थ र स्थानीय विकासमा कांग्रेसले दावी गरेको छ । रक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य तथा जनसंख्या र कानुन मन्त्रालय पनि कांग्रेसले आफ्नै भागमा राख्ने बताएको छ ।
एमालेले उर्जा, सञ्चार, भौतिक योजना, शान्ति तथा पुनर्निर्माण लगायतका मन्त्रालय पाउनेछ । एमालेले शिक्षा र स्थानीय निकायमा पनि दावी गरेपछि कुरा मिलाउन सोमबार पनि नेताहरु विहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् ।

0 comments: