Thursday, February 20, 2014

गजल- मोहन रावल अनमोल 'अस्तु'

गजल-


म आउँला या नआउँला मरुभुमी बाट...!!
सके बसाई सराउँला मरुभुमी बाट...!!



मेरो मृत्यु पछि पनि प्राण रहित यौटा...!
बाकसमा देह पठाउँला मरुभुमी बाट...!!

बडा मुस्किलले तिम्रो याद मेटी रहेछु...!
पल-पल बाडुल्की लगाउँला मरुभुमी बाट...!!

सदा मुस्कुराउनु आँशु लुकाएर प्रिया...!
अधरमा लाली चढाउँला मरुभुमी बाट...!!

मैले कदापी सोचेको छैन पाखुरा खियाई...!
निभेको चुल्हो जलाउँला मरुभुमी बाट...!!

मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाँच अछाम

0 comments: