Tuesday, February 18, 2014

पार्टी र पात्र पुरानै छन् /संविधानसभा पुन: असफल हुन सक्छ : दाहाल

फागुन ६, काठमाडौं
 

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभामा पुरानै पार्टी र नेताहरु दोहोरिएकाले उनीहरुले विगतको उचित समिक्षा नगरे पुन: असफल भईने बताउनुभएको छ । संविधानसभा अध्यक्षमा पुन: चयन भएका सभाध्यक्ष समेत पुरानै व्यक्ति दोहोरिएको भन्दै भन्दै उहाँले नेताहरुले पुरानै कार्यशैलीलाई निरन्तराता दिए दोस्रो संविधानसभा पनि असफल हुने बताउनुभएको हो । संविधानसभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले अघिल्लो संविधानसभामा सभाध्यक्ष नेम्वाङ्गले आफ्नो जिम्मेवारी राम्ररी पुरा गर्न नसकेको आरोप समेत लगाउनुभयो । अन्तिम समयसम्म सहमति गर्ने क्रममा तत्कालिन सभामुख नेम्वाङ्गले बैठक नबोलाउदा ंविधानसभा विघटन भएको उहाँको भनाई थियो ।

 
 
अध्यक्ष दाहालले सहमतिय राजनीतिका लागि आफ्नो पार्टीले सभामुखको पद दावी गरेपनि कंग्रेस एमालेले सहकार्यको भावनालाई बेवास्ता गरेको भन्दै गुनासो समेत गर्नुभयो । आफ्नो दलको एक मात्र ध्येय एक वर्ष भित्र संविधान जारी गर्नु पर्ने भएकाले पनि सहमतिकालागि सम्झौता गर्नु परेको उहाँको भनाई थियो । अध्यक्ष दाहालले सहमतीय राजनीतिकालागि एकिकृत माओवादीले देखाएको सदासयता लाई दुई ठूला दलले उपेक्षा गरे ठूलो भूल हुने चेतावनी समेत दिनुभयो । दुई ठूला दल कंग्रेस र एमालेले सहमति र सहकार्यलाई उपेक्षा गर्दै जनतामा एक वर्षभित्र संविधान नबन्ने आशंका बढ्दै गएको उहाँको भनाई थियो । 
 

0 comments: