Saturday, February 22, 2014

कतारमा जान कामदारको खर्च नलाग्ने

कतारले विश्वकपसँग सम्बन्धित बृहत् आयोजनाका काम गर्ने कामदारको सम्पूर्ण लागत खर्च मुख्य कम्पनी आफैंले बेहोर्नुपर्ने व्यवस्था मिलाएको छ । सुपि्रम कमिटी फर डेलिभरी एन्ड लेगसीले कामदारको हितका लागि यस्तो व्यवस्था मिलाएको हो ।

उसले कामदार ल्याउने प्रक्रियामा पनि मुख्य कम्पनी आफैं संलग्न हुनुपर्ने जनाएको छ ।

‘कामदार ल्याउँदा म्यानपावर कम्पनीले कामदारसँग असुल गरेको उजुरी परेमा त्यो खर्च मुख्य कम्पनीले फिर्ता दिनुपर्छ ,’ मापदण्डमा भनिएको छ । यसबाट निर्माण क्षेत्रमा आउने कामदारलाई ठूलो राहत पुग्ने भएको छ । नेपाली दूतावासका एक अधिकारीले यस्तो कदम निकै सकारात्मक भएको बताए ।

विश्वकपसँग सम्बन्धित बृहत् आयोजनाहरुमा झन्डै १० लाख कामदार आवश्यकता रहेको अधिकारीहरुले बताएको कान्तिपुर दैनिकमा खबर छ । जसको मुख्य स्रोत नेपाल रहेको यहाँका कम्पनीहरु बताउँछन् । यो वर्षमात्रै एक लाख कामदार चाहिएको उनीहरुले बताएका छन् ।

यहाँको श्रम ऐनअनुसार कतारमा काम गर्न आउने कामदारले लागत खर्च बेहोर्नुपर्दैन । भिसा र टिकट खर्च कम्पनीले नै बेहोर्नुपर्नेमा त्यसलाई अझ कडाइ गरिएको हो । एउटा कामदार ल्याउनका लागि कम्पनीले म्यानपावर सेवा शुल्क र कामदारको खर्च गरी ४ सय ५० डलरसम्म लगानी गर्नुपर्ने हुन्छ ।

0 comments: