Saturday, February 22, 2014

सुन्तलाको बोक्रा फालेको विषयमा झडप हुँदा ९ घाइते

रौतहट, फागुन १० – घरमाथि सुन्तलाको बोक्रा फालेको विषयमा धरमपुर गाविसमा  छिमेकीबिच झडप हुँदा ९ जना घाइते भएका छन् ।
धरमपुर ५ को धनारी टोलमा शनिवार दिउँसो मञ्जुर आलमको छोराले छिमेकी अबु महमद अन्सारीको घरमाथि सुन्तलाको बोक्रा फालेको विषयमा दुई पक्षबिच झडप भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


झडपमा मञ्जुर आलम, शकिल आलम, एकरामुल आलम तथा अबु महमद अन्सारी, सजाद अन्सारी र एजाज अन्सारी लगायत घाइते छन् । घाइतेमध्ये मञ्जुर र अबुको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैको गरुडामा रहेको हेल्थल्याण्ड अस्पतालमा भइरहेको प्रहरी नायव निरीक्षक सिकिन्दर यादवले जानकारी दिनुभयो । घटनावारे अनुसन्धान भइरहेको र दोषीहरुलाई कारवाही गरिने उहाँले बताउनुभयो ।