Wednesday, February 12, 2014

कांग्रेसलाई पशुपतिनाथले सत्वुद्धि दिउन्ः खनाल

२९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कांग्रेससँग भएको सात बुँदे सहमति अक्षरस पालना हुनपर्ने बताएका छन् । संविधानसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष खनालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेससँग भएका लिखित र अलिखित सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


अध्यक्ष खनालले एमाले अहिले पनि सहमतिकै पक्षमा रहेको बताउँदै कांग्रेस सहमतिबाट पछि हटेको आरोप लगाए । ‘राष्ट्र सहमतिको पक्षमा छ, संविधान बनाउने प्रक्रियामा अघि बढिरहेको अवस्थामा सहमति कार्यान्वयन गर्न कांग्रेसलाई पशुपतिनाथले सद्बुद्धि दिउन् ।’
सरकार निर्माणका लागि कांग्रेससँग भएको सात बुँदे सहमतिका क्रममा गृहमन्त्रालय आफूहरुलाई दिने सैद्दान्तिक सहमति भएको दाबी एमालेको छ भने कांग्रेसले त्यो कुरालाई अस्वीकार गरिरहेको छ ।
संविधानसभा बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सबै मन्त्रालय एमालेले कांग्रेसलाई जिम्मा लगाइदिएको बताए ।
‘कांग्रेसले सहमति तोडेपछि हामीले सबै मन्त्रालय कांग्रेसलाई जिम्मा दिएका छौं, अब कांग्रेसले नै सरकार चलाउँछ ।’
यसैबीच नेकपा एमालेले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मतदान गरेका दलहरुसाग अहिले छलफल गर्दैछ ।

0 comments: