जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड चोरी गर्ने चार जनालाई पक्राउ गरेको हो । भैरहवाको टेक्नोवोल्डले परासीको लक्ष्मी फोटो सेन्टरमा गाडीबाट पठाएको रिचार्ज कार्ड नाटकीय तरिकाले चोर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देही पोखरभेन्डी–६ का तौफिक आलम खान, सिक्टहन–३ का सुरेश यादव, गौरी–८ का राजेश यादव र खुरहीया–६ का जमाल खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिष्णुहरी गौतमले जानकारी दिए । उनीहरुलाई रु. २ लाख ३७ हजार ५०० मूल्यको रिचार्ज कार्डसहित पक्राउ गरिएको उनले बताए ।
रिचार्ज ल्याएको बसका चालक नोरल होदा मुसलमान र कार्ड प्राप्त गर्ने दीपेन्द्र श्रेष्ठको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । महेशपुर चोकमा लु १ ख ३१५८ नम्बर बस रोक्दा सामान आएको छ भन्दै सामानको भाडा दिएर तौफिम आलम खानले रिचार्ड कार्ड लगेका थिए ।
पक्राउ परेका चारै जनालाई ठगी अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, प्रहरीले लागुऔषध ओसारपसार र सेवन गर्ने ३७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । १० महीनाको अवधिमा स्पास्मो, नाइट्रोभेट, फेन्साडिल, गाँजा, फेनरागन, डाइजेपाम, नाइट्रोसन, कोरेक्स डेकलम, लुप्रिजेसिक, बेलकम, एनएक्स सेन लगायतका लागुऔषध ओसारपसार गर्नेलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक गौतमले बताए ।
0 comments:
Post a Comment