Monday, February 24, 2014

अन्ततः मन्त्रालय भागबन्डाको कुरा मिल्यो

काठमाडौँ,फागुन १२– नेपाली काँग्रेस र नेकपा (एमाले) बीच हाललाई दस–दस वटा मन्त्रालय बाँडफाँड गर्ने अनौपचारिक सहमति भएसँगै मन्त्रिमण्डलको विस्तार चाँडै हुने भएको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि दुई दलबीच आइतबार वार्ता प्रारम्भ भएको थियो ।

आज बिहानसम्मको अनौपचारिक वार्ता र सहमतिका आधारमा हाललाई दुवै दललाई दस÷दस वटा मन्त्रालय वितरण गरिने भएको एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार काँग्रेसलाई रक्षा, अर्थ, सूचना तथा सञ्चार, सहरी विकास, शिक्षा, स्थानीय विकास, आवास तथा भौतिक, शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्याय र एमालेलाई गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति÷पर्यटन, वन तथा भूसंरक्षण, युवा तथा खेलकुद, कृषि तथा सहकारी, भूमिसुधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । कुल २६ वटा मन्त्रालयमध्ये बाँकी पाँच वटा मन्त्रालय हाललाई प्रधानमन्त्रीले राख्ने र सहमतिका आधारमा अन्य साना दललाई दिइने भएको छ । नेकपा (माले) र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएका छन् । मन्त्रालयको वितरणबारे दुवै दलको वार्ता टोलीले तयार गरेको सो खाकामा शीर्ष नेताबीच अन्तिम छलफल भई सम्भवतः आज साँझसम्ममा मन्त्रिमण्डल विस्तार गरिने छ । दुवै दलका पदाधिकारी तथा स्थायी कमिटीको अनौपचारिक बैठक अहिले अलग–अलग बसिरहेको छ ।

0 comments: