Wednesday, February 5, 2014

सुसाइड नोट लेखेर किशोरीले गरिन् आत्महत्या

भक्तपुर, माघ २२ – सुसाइड नोट लेखेर भक्तपुर सिरुटार २ चारदोबाटो बस्ने एक किशोरीले आत्महत्या गरेकी छिन् ।

भिएस निकेतनमा कक्षा ११ मा अध्ययनरत १७ वर्षकी सविना कार्कीले आफ्नै घरको भर्‍याङमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सुडाइड नोटमा सविनाले बाँच्ने चाहना नभएर आत्माहत्या गरेको लेखेको र यसमा कसैको दोष नभएको लेखेको प्रहरीले जनाएको छ । उनले नोटमा आफ्नो प्रेम प्रसंगको बारेमा पनि लेखेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

0 comments: