रसुवाको राम्चेमा रहेको गोम्चेत गाउँका बासिन्दा वर्षौंदेखि गुफामा बस्दै आएका छन ।
१३ घर परिवार आर्थिक अभावमा वर्षौंदेखि गुफामा बस्दै आएका हुन् । उनीहरुले कलात्मक तरीकाले गुफालाई घरमा परिणत गरेका छन ।
पछाडिपट्टि र छानो समेत ढुंगाको सहारामा
रहेको तर अगाडिबाट हेर्दा घर नै जस्तो बनाएर उनीहरु बसिरहेका छन ।
स्थानीयबासिन्दाले आफ्ना पुर्खाहरु नै गुफामा बसेको बताएका छन । जंगलको
नजिकै रहेकाले त्यहाँका बालबालिकालाई विद्यालय जान अप्ठ्यारो पर्ने गरेको छ
।
टाढा
रहेपनि प्राथमिक तहको शिक्षा लिनका लागि त्यहाँका केही बालबालिका विद्यालय
जाने गरेका छन भने धेरै बालबालिका विद्यालय जानबाट बञ्चित भएका अध्ययनको
सिलसिलामा त्यहाँ पुगेका जनावरविद् डाक्टर मुकेश चालिसेले बताउनुभयो ।
गोम्चेत गाउँमा तामाङ्ग, लामा र घलेहरु बस्छन । निकै पहिले राज्यबाट
खेदिएकाहरुले आश्रय लिएको र पछि गाउँमा परिणत भएको अनुमान गरिएको छ ।


0 comments:
Post a Comment