विवेक सानैदेखि सडक बालबालिकाप्रति संवेदनशील भयो । उस्को जन्म दिन हो फेब्रुअरी २५ ।
यो पालि जन्मदिनमा केही बालबालिकालाई खाना
खुवाउने र एकजोर लुगा दिने मन गरेर सात समुद्रपारिबाट फोन गर्यो । मैले
“उनीहरुसँगै तेरो जन्मदिनको केक काटेर मनाउँछौ” भनेपछि उ झन खुसी भयो ।
कुरा सकिएको केही मिनेटमै उसले पैसा पठायो
। म उस्को ईच्छा बमोजिम उसैको जन्मदिन मनाउन सडक बालबालिका खोज्न
बसन्तपुतिर लागें । मैले यो पहिले कहिल्यै नगरेको काम थियो । कहाँबाट काम
सुरु गरौं भनेर भौतारिदै गर्दा इन्द्रचोकको साथी दिपक महर्जनलाई भेटें ।
दिपकलाई
मेरो योजना बताएपछि उन्ले हौसला थपे र मलाई साथ दिए । हामीले बसन्तपुरको
एकचक्कर लगायौं । तर सडक बालबालिका सजिलै भेट्न सकिएन । एक दशकअघि शहरमा
सडक बालबालिका निकै ठूलो संख्यमा थिए । तर अहिले यो समस्या कम भएको जस्तो
लाग्यो । सडक बालबालिकाप्रति समर्पित भई काम गरिरहेका नेपालका एनजीओहरुको
काम र नाम सम्झन मन लाग्यो ।

एनजीओका बारेमा बेला बेलामा जतिसुकै
नकारात्मक खबरहरु आए पनि काम त भएकै रहेछ । सडकमा बालबालिका खोज्दा सजिलै
नभेटिनु एउटा सुखद अनुभव भयो मेरा लागि । तर यसै दिन जिल्ला प्रशासन
कार्यालय तथा बालकल्याण समितिले दिलशोभा श्रेष्ठको आमा घरबाट ३४ बालबालिका
उध्दार गरेको खबरले मनमा चिसो पस्यो ।
जे होस् सडक बालबालिकाको समस्या केहि कम
भएको देखियो । हामीले २० देखि २५ जनासम्म सडक बालबालिकालाई जम्मा गरेर खाना
खाने योजना बनाएका थियौं । तर बसन्तपुरको एक चक्कर लगाउँदा त्यो पूरा
नहुने संकेत पाइयो ।
त्यसैले हामी भेटेकासँग कुरा गर्न थाल्यौं
। हामीले एकजना बालकलाई बोलायौं । ऊ हच्कियो । बसन्तपुर दरबार वरिपरि जोडी
बाँधेर बसेका र केही समय कटाउन बसेकाहरुसँग उ केही माग्दै थियो ।
उस्लाई केही जोडीले नदेखे जस्तो गरे भने केही जोडीले गाली गर्दै धपाए ।
मैले बोलाउँदा उसलाई लागेको थियो होला, यसले पनि लखेट्छ, पिट्छ अथवा समातेर
लान्छ !! म उसको नजिक हुन कोसिस गर्थें । उ मबाट टाढिन खोज्थ्यो ।
बसन्तपुरको पश्चिम ढोकाबाट अलप भएको बालक न्युरोडको सालिकमा पुगेर भेटे पछि
मैले विस्तारै उस्को नाम सोधें ।

‘पुनम थापा मगर’ सानो स्वरले डराइ–डराइ जवाफ दियो ।
‘कहाँबाट आएको ?’ अर्को प्रश्नपछि ऊ अलि नजिकिन थाल्यो ।
‘बुटवलबाट’ छोटोमा जवाफ दियो ।
‘कति वर्षको भयौ ?’
‘१७ वर्ष’ छोटोमै जवाफ फर्कायो ।
उ खुल्दै गएपछि मैले पनि खुलस्त कुरा गरे ‘तिम्रा कतिजना साथी छन् ?’
‘५–६ जना’ फेरि पनि छोटोमा जवाफ फर्कायो ।
‘कहाँबाट आएको ?’ अर्को प्रश्नपछि ऊ अलि नजिकिन थाल्यो ।
‘बुटवलबाट’ छोटोमा जवाफ दियो ।
‘कति वर्षको भयौ ?’
‘१७ वर्ष’ छोटोमै जवाफ फर्कायो ।
उ खुल्दै गएपछि मैले पनि खुलस्त कुरा गरे ‘तिम्रा कतिजना साथी छन् ?’
‘५–६ जना’ फेरि पनि छोटोमा जवाफ फर्कायो ।
अनि मैले भने ‘आज तिमी र तिम्रा साथीहरुसँग सँगै बसेर खाना खाने मन छ । तिमीले साथीहरुलाई खबर गर्न सक्छौं ?’
ऊ उत्साहित भयो र भन्यो– ‘सक्छु ।’ अनि आफ्नै पारामा दौडियो ।
मलाई फेरि फर्साद । ऊ कता भेटिन्छ अब भनेर । त्यो ठाउँ नछाडी बसिरहें ।
ऊ उत्साहित भयो र भन्यो– ‘सक्छु ।’ अनि आफ्नै पारामा दौडियो ।
मलाई फेरि फर्साद । ऊ कता भेटिन्छ अब भनेर । त्यो ठाउँ नछाडी बसिरहें ।
केही समयपछि पुनम आफ्नै पारामा ५ जना साथी
लिएर त्यहीं आइपुगे । अरु साथीहरुलाई पनि खोज्न भने । २०–२५ जना नभए पनि
१०–१२ जना जति पुग्ने अनुमान गरेर । अनि उनीहरुको लागि ज्याकेट किन्न गएँ ।
बजारमा जाडो कम हुँदै गएकोले ज्याकेट सजिलोसित पाउन सकिएन । त्यसमाथि साँझ
छिप्पिदै थियो र पसलहरु बन्द हुँदै थिए । धेरै ठाउँमा खोज्ने प्रयास नगरि
हावा नछिर्ने १२ वटा ज्याकेट लिएर फर्किएँ । म फर्किदा उनीहरु ७ जना जम्मा
भएका रहेछन् ।
‘अरु साथी खै त ?’ मैले सोधें ।
७ जनामध्ये एकले जवाफ दियो– ‘ठमेलतिर गयो कि !’
मलाई २०–२५ जना जम्मा गर्न नसेकेकोमा भन्दा सडक बालबालिका घटेकोमा सन्तोष लाग्यो । उनीहरु अब ७ जना भए ।
‘ल अब हामी थकाली होटलमा जाऔं” उनीहरु खुशी हुँदै अगाडि लागे ।
७ जनामध्ये एकले जवाफ दियो– ‘ठमेलतिर गयो कि !’
मलाई २०–२५ जना जम्मा गर्न नसेकेकोमा भन्दा सडक बालबालिका घटेकोमा सन्तोष लाग्यो । उनीहरु अब ७ जना भए ।
‘ल अब हामी थकाली होटलमा जाऔं” उनीहरु खुशी हुँदै अगाडि लागे ।
उनीहरु खुल्न थालेपछि कुरा खुल्दै गए ।
चितवनबाट आएका संजय क्षेत्री १० वर्षका भए । काठमाडौ| आउँदा ५ वर्षका थिए ।
सँगै बसेका उनका दाजु रहेछन् सूर्य क्षेत्री, १६ वर्षका । चितवनबाट
काठमाडौं आउनुपरेको कारण बताउँदै भने– ‘आमा अर्कोसँग जानु भो । बुबाले
अर्को आमा ल्याउनुभो । घरमा बस्न गाह्रो भो त्यसैले हामी काठमाडौं आयौं ।’
यति भन्न नभ्याउँदै भाई संजयले भनिहाले– ‘घरको कुरा नगर्नु क्या बोर हुन्छ
अंकललाई ।’
त्रिशुली, नुवाकोटबाट आएका १४ पर्षका सुजन लामाले थपे– ‘हो भन्या सौतेनी आमाले खानै दिँदैन के गर्ने ?’
१७ वर्षे पुनम थापा मगरको बोली प्रष्ट छैन
। त्यही भएर उनलाई घरमा हेलाँ गर्दा रहेछन् । अनि उनी हेलाँ सहन नसकी
साँखुबाट काठमाडौं आए । कसैको घरमा काम गर्न बसे । त्यहाँबाट निकालिए ।
अनि
सडकमा आईपुगे । १२ र ८ वर्षका अर्का २ भाइ भारतको समस्तिपुरबाट काठमाडौं
आएका रहेछन् । उनीहरुका आमा–बुबा छन् । तर पनि सडकमा । किन र कसरी भनेर
सोध्न मन लागेन । आफैं बुझे भइहाल्यो नि जस्तो लाग्यो ।

सडक बालबालिका आफैं सडकमा आएका होइनन् ।
उनीहरु कुनै न कुनै बाध्यताले सडकमा आईपुगेका हुन् । बालबालिकालाई सडकमा
पुर्याउन उनीहरुका अभिभावकहरु बढी जिम्मेवार छन् । सडक बालबालिकाका समस्या
समाधान गर्न सडकमा भौतारिने बालबालिकासित भन्दा धेरै उनीहरुको परिवारसित
जोडिएका छन् । त्यसैले यो समस्याको समाधान त घर–घरमा नै खोज्नुपर्छ, बस्
।
0 comments:
Post a Comment