नायिका रेजिना उप्रेतीका प्रेमी सुरज पोख्रेलले उनको सिउँदोमा सिन्दुर भर्नेछन् । तर पनि सिन्दुर हाल्नु अघि नै नायिका उप्रेतीले बिहे भोजको आयोजना गरिन् । बिहे भोजमा नेतादेखि कलाकारसम्मको उपस्थिती देखियो ।
रेजिनाको बिहे भोजमा अधिकांश पत्रकार र चलचित्रकर्मीलाई निम्तो पठाइएको थियो । तर पनि पार्टीमा भने औलामा गन्न सकिने पत्रकार र कलाकर्मी सहभागी भएको देखियो । नायिका स्वेता खड्का नायक श्रीकृष्ण श्रेष्ठसँग पार्टीमा सहभागी भइन् । यता पार्टीमा नायिका रेखा थापा, संचिता लुइटेल र पूजना स्त्रि सबैभन्दा अघि पुगेको देखियो । 


यस्तै उक्त समारोहमा प्रमुख अतिथीको रुपमा दोश्रो संविधान सभा निर्वाचन २०७० का निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमालेका नेता राजेन्द्र पाण्डे पुगेका थिए । तिनै जनाको घर धादिङ भएकाले पनि रेजिनाले उनीहरुलाई पार्टीमा निम्तो गरेको वुझिएको छ ।
रेजिनाको बिहे पार्टीमा धेरैजसो चलचित्रकर्मी र पत्रकार उपस्थित नहुँदा चर्चा पनि खुबै चलेको थियो । तर पनि केही कलाकार, नेता तथा पत्रकारहरुको उपस्थितीले पार्टीलाई रंगिन बनाइदिएको थियो । डीजेको गीतमा कलाकाहरुले खुलेरै नृत्य पनि गरेका थिए । बिहे पार्टीमा रेजिना निक्कै खुशी देखिएकी थिइन् । आफन्त र चलचित्रकर्मीको शुभकामनाले सुरज र रेजिनाको मुहारमा खुशी देखिएको थियो । सुरज र रेजिना एक सातामै लण्डन उड्ने बताइएको छ ।

0 comments:
Post a Comment