Sunday, February 23, 2014

जापानको नागोयाबाट एक नेपाली सुत्केरी महिला बेपत्ता

११ फागुन, टोक्यो । जापानको नागोयामा परिवारसहित बसोबास गर्दै आएकी एक सुत्केरी महिला बेपत्ता भएकी छिन् । नागोयाको ओजोनेमा बसोबास गर्दै आएकी २८ वर्षीया दीनुता गौतम बुधबार बिहान ६ बजेदेखि बेपत्ता भएकी हुन् ।

sutkeri

२० दिनकी सुत्केरी गौतम दुधेबालक घरमै छोडेर बेपत्ता हुँदा बालकको बिचल्ली भएको छ । नागोयाबासी नेपाली समुदायले खोजी कार्यलाई तिब्रता दिइरहेका छन् भने १९ तारिखमा नै स्थानीय प्रहरीलाई खबर गरी खोजी कार्यको लागि अनुरोध गरिएको श्रीमान प्रकाश पौडेलले जानकारी दिए । त्यस्तै समाजमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहितको टोली पुन: २० तारिखमा प्रहरी कार्यालय पुगी प्रहरीलार्इ सक्रियताका साथ खोजी कार्यलार्इ तिब्रता दिन दबाब दिइएको जानकारी एनआरएन जापान तोकाई होकुरिकुका संयोजक बिष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

 प्रहरीले खोजी कार्यको लागि सर्कुलेसन जारी गरिएको जनाएता पनि ५ औँ दिनसम्म पनि फेला पार्न सकिएको छैन । दुधे बालकको हेरचाह बाबु प्रकाश पौडेलले गर्दै आएका छन् । श्रीमती सम्पर्कबिहिन भएपछि भाबबिह्वल रहेका पौडेलले आफ्नो श्रीमतीको खोजी कार्यमा सहयोग गरिदिन जापानबासी नेपाली समुदायलाई आग्रह गरेका छन् । ५ दिनदेखि सम्पर्क बिहिन भएकी गौताम लार्इ देख्नु हुने वा भेट्नु हुने महानुभाबहरुले नजिकको प्रहरी कार्यालय वा ०९०-१७२५ -५०८८ वा तल दिइएका नम्बरहरुमा खबर गरिदिनु हुन श्रीमान पौडेलले बिनम्र अनुरोध गरेका छन् ।

पुत्र लाभ भएको केहि दिनपछि उनीमा सन्तानको बारेमा बढी चिन्तित हुने, पालन पोषण, भबिष्यका बारेमा अस्वाभाविक चिन्ता ब्यक्त गर्ने गरेको पौडेल बताउँछन् । जसले गर्दा श्रीमती गौतम डिप्रेसनबाट पीडित भएको आशंका गरिएको छ ।

गौतम बुटवल स्थायी घर भर्इ अध्ययनको शिलशिलामा जापान आएका प्रकाश पौडेलसंग बिबाह गरी बिगत ६ वर्ष देखि नागोयामा बसोबास गर्दै आएकी थिइन् । गौतमलार्इ फेला पार्ने महानुभावहरूले तल उल्लेखित नम्बरमा सम्पर्क गर्न पौडेलले अनुरोध गरेका छन् ।

टेलिफोन नम्बरहरु -

बिष्णु प्रसाद घिमिरे – ०९०-६६१३-६४९७

डा.सुदिप अधिकारी – ०९०-४२५८-८७६१

पारसमणि पोखरेल – ०९०-६६४३-२९३२

केशर गिरी – ०९०-७६१७-३३४९

0 comments: