Saturday, February 8, 2014

मिकाले सेनाको ग्राउन्डमा गाउने

पहिलोपटक राजधानी ल्याइन लागेका भारतीय गायक मिका सिंहले लगनखेलस्थित नेपाली सेनाको फुटबल ग्राउन्डमा प्रस्तुति दिने भएका छन् ।

फागुन १७ गते शनिबार मिकासहित १८ जनाको टोलीलाई उतार्न लागेको मुन लाइट रेकर्डस्ले मिकासहित नेपाली कलाकारको प्रस्तुति लक्षित ३० हजार दर्शकलाई  दिने बताएको छ । भारतका व्यस्त गायकका पर्न सफल मिकाका लागि ३० बाई १ सय १० फिटको स्टेज तयार पारिने मुन लाइट रेकर्डस्का कार्यकारी अध्यक्ष चन्द्रप्रकाश शर्माले बताए । 


'स्वदेशी प्राविधिकहरूले तयार पार्ने स्टेज हालसम्मकै ठूलो हो, मिकाका सबै गीत फास्ट बिटका भएकाले स्टेज ठूलो चाहिएको हो,' उनले थपे । करिब ३ हजार दर्शक अटाउने प्याराफिट रहेको उक्त मैदान अन्तर्राष्ट्रिय स्तरको मानिन्छ । 'कार्यक्रममा स-साना नानीबाबु पनि आउने भएकाले लगनखेलको मैदान बढी सुरक्षित ठान्यांै,' शर्माले भने । 

ग्राउन्डमा हुने कार्यक्रमका लागि आयोजकले ५ सय, १५ सय र ३ हजार रुपैयाँ दरका टिकट बिक्री गर्नेछ । साउन्ड, लाइट र एलसीडीका लागि नेपालमा सामान पर्याप्त नभएकाले विदेशबाट आयत गरिने आयोजकले भनेको छ । 

'यहाँ आउने दर्शकले ढुक्कले राम्रो हलमा सिनेमा हेरेको जस्तो महसुस गर्ने छन्,' शर्माले भने ।

0 comments: