Saturday, February 1, 2014

ल्यापटप र मोवाइल हराएमा खोजि गर्ने बिधि !

मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।

 


यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।

विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com  बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com  बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।

यस्तै एप्पलको म्याक ल्यापटकमा लागि एप्पलको आफ्नै फाइन्ड माई म्याक नामक एन्टी थेफ्ट सल्युसन रहेको छ । युजरले आई क्लाउड एकाउन्टबाट यसमा साइनइन गरेपछि यो आफै सक्रिय हुन्छ । यसबाट ल्यापटपलाई ट्रयाक गर्न, डाटा डिलिट गर्न वा आलार्म बज्ने किसिमको पनि बनाउन सकिन्छ ।
एन्ड्रोइड फोनका लागि यसको आफ्नै ट्याकिङ फिचर रहेको छ, जसलाई www.google.com/android/devicemanager  बाट पाउन सकिन्छ । यसले युजरको गुगल आईडीसँग सम्बन्धित कुनै पनि एन्ड्रोइड डिभाइसलाई ट्याक गर्न सक्छ । यस्तै म्यापमा लोकेसन हेर्न, त्यसलाई लक गर्न, डाटा डिलिट गर्न साथै फोन गर्न पनि सकिन्छ ।

एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलास्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।

ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।
विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई  फोन हो । 

प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै windowsphone.com मा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।

0 comments: