Saturday, February 1, 2014

एउटै पसलबाट २८ वटा ल्यापटप चोरी

पोखरा, माघ १८ - पोखरा सभागृह चोकमा रहेको एपेक्स कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स पसलमा शुक्रबार राती २८ वटा ल्यापटप चोरी भएको छ ।

पसलबाट २० लाख रुपैयाँ बराबरको सामान चोरी भएको पसल सञ्चालक रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
मध्यरातमा भित्री ढोकाबाट ताला फोडेर पसल चोरी भएको उहाँले बताउनुभएको छ । पसलबाट चोरहरुले २७ वटा ल्यापटप, हार्डडिक्सलगायत अन्य सामाग्री चोरेर लगेको संचालक शर्माले जानकारी दिनुभएको छ । चोरले महंगा सामाग्री मात्रै लगेका छन् ।
आफू काम विशेषले बुटबल गएको र राती दुई बजे आउँदा पसल पछाडिको ढोका खुल्ला रहेको देखेपछि चोरी भएको जानकारी पाएको उहाँले बताउनुभयो । सटर पछाडिको ढोका फोडनु र महंगा सामाग्री मात्रै लैजानुले पसलमा आइरहने र सवै जानेको ब्यक्तिबाटै चोरी भएको हुनसक्ने अनुमान उहाँको छ । चोरीको जानकारी पाएको प्रहरीले चोरीमा संलग्नको खोरी कार्य तिब्र पारेको जनाएको छ ।

0 comments: