Saturday, February 22, 2014

तपाईको शरिरलाई दिनहुँ कति गीलास पानीको आबस्यकता पर्ला ?

एउटा 

स्वस्थ्य मान्छेको शरिरलाई औसत मात्रमा दिनमा ८ गिलास पानीको जरुरी हुन्छ ।

आजभोली गाउमा पानीको महत्व नबुझ्ने र सहरको बसाई ब्यस्तता र आफ्नो स्वास्थ्य प्रति ख्याल नराख्दा पानीको कारण मान्छेहरुले धेरै समस्याका सामना गर्नुपरेको देखिन्छ । त्यसैले सधै निरोगी र स्वस्थ्य रहन दिनहुँ सकेमा धेरै र नसकेमा ८ गिलास पानी शरिरको आबस्यकता भन्ने बुझेर पानी पीउदा स्वस्थ्य भईन्छ । तर बैज्ञानिकहरुका अनुसार केहि व्यक्तिमा भने यस्तो कुरा लागु नहुन पनि सक्छ ।

बैज्ञानिकहरुका अनसार एउटा जवान मान्छेलाई दिनमा ८ देखि १२ गिलास सम्म पानीको जरुरी पर्छ भने गर्मि याममा र विशेष गरी खेलाडीहरुको शरिरलाई भने दिनहुँ १२ गिलास भन्दा बढी पानीको आबस्यकता पर्दछ ।

तर पानी पानी पीउदा भने केहि कुरामा ध्यान दिन पनि जरुरी हुन्छ ।

तपाईलाई जति पानी तिर्खा लागेको हुन्छ, सक्नु हुन्छ भने त्यो भन्दा बढी पानी पिउने कोशिष गर्नुहोस ।

गर्मिका दिनहरुमा शरिलाई पानीको अत्यन्तै आबश्कता पर्ने हुनाले गर्मिबाट बच्न पनि छिनछिनमा पानी पिउनु राम्रो हुन्छ । पुरा दिनमा ८ गिलास पानी अनिबार्य रुपमा पिउनुहोस ।

तपाईले आफ्नो तौलको १० केजी बराबर एक गिलास पानी अबस्य पिउनुहोस । यदि तपाई ८० किलो हुनुहुन्छ भने ८ गिलास पानी तपाईको शरिरलाई जरुरी रहेको हुन्छ त्यो ख्याल गर्नुहोस ।

तपाईले फलफुल दिनहुँ खानुहुन्छ भने फलफुलको रसले पनि तपाईको शरिलाई केहि हदसम्म पानीको मात्राको कमि केहि छिन पुरा गरिदिन्छ तर तपाईको पिसाब पुरा सेतो र सफा देखिनु पर्ने हुन्छ । यदि तपाईले पिसाब गर्दा तपाईको पिसाब पहेलो देखियो भने तपाईको शरिरलाई पक्कै पनि पानी कम भएको हो भनेर बुझनुहोस र सफा र स्वस्थ्य पानीको मात्रा शरिरमा बढाई हाल्नुस ।

यदि तपाईले आफ्नो शरिरमा कति पानीको आबश्यक रहेको छ भनेर जाच्न चाहानुहुन्छ भने तपाईको लागि एक उपाए पनि छ । तपाई एउटा भाडोमा ८ गिलास पानी राख्नुस र चौबीस घण्टामा जति सक्नुहुन्छ पिउनुहोस र पिसाब फेर्दा पनि बिचार गर्नुहोस । यसो गर्नु भएमा तपाईको शरिरलाई कति पानी आबस्यक पर्छ भनेर तपाईले बुझ्न सक्नु हुनेछ । त्यसैले पानी जीवनको लागि एउटा अमुल्य औषधि पनि हो यसलाइ सधैभरी साबधानी तरिकाले प्रयोग गर्नु भो भने यसले जीवन जीउन सहज बनाई दिन्छ र बिभिन्न रोगहरुबाट पनि बच्ने शक्ति प्रदान गर्दछ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

0 comments: