सत्य नाडेला माइक्रोसफ्टका नयाँ कार्यकारी प्रमुख बनेकोमा भारतले बुधबार खुसी मनाएको छ र यसले भारतमा जन्मेका प्रतिभा
नाडेला मङ्गलबार उक्त ठूलो कम्पनीका तेस्रा प्रमुख कार्यकारी अधिकारी बन्नुभएको हो । उहाँ भारतको दक्षिणी स्थानमा रहेको हैदराबाद नगरमा जन्मेका तथा हुर्केका व्यक्ति हुनुहुन्छ । उहाँले मंगलौर विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो र थप अध्ययन तथा नोकरीका लागि अमेरिका जानुभयो । ‘‘भारतले एउटा शक्तिको बिन्दु बनाएको छ’’, टाइम्स अफ इन्डिया समाचारपत्रले ४६ वर्षीय यी क्रिकेट प्रशंसकको नियुक्तिमा उल्लेख गरेको छ । ‘‘भारत स्पष्ट रूपमा एउटा प्रतिभाको यन्त्रको रूपमा उदाएको छ जसले निरन्तर रूपमा विश्वका प्रमुख कार्यकारी अधिकारीहरू उत्पादन गरिरहेको छ’’, यस दैनिकले भनेको छ । नाडेलाले आफ्नो जीवनको आधा भाग प्रविधिको यो ठूलो संस्थामा काम गर्नुभएको छ । उहाँ भारतमा जन्मेका व्यापारिक नेताहरूको एक शृङ्खलामा पर्नुहुन्छ जसले सम्मानित प्रमुख कार्यकारी अधिकारीको पद प्राप्त गरेका छन् । यस समूहमा पेप्सिीकोका इन्दिरा नुई तथा मास्टरकार्डका अजय बाङ्गा पनि पर्नुहुन्छ । विक्रम पण्डितले सन् २०१२ को अन्त्यसम्म सिटीबैङ्क सञ्चालन गर्नुभएको थियो ।
अंशु जैन हाल जर्मन बैङ्क डुएच बैङ्कका प्रमुख हुनुहुन्छ । हैदरवादमा रहेको लोकज इन्टरप्राइजेज सलुसनका संस्थापक उत्तम मजुमदारले नाडेलाको नियुक्ति निकै गौरवको विषय भएको बताउनुभयो । ‘‘उहाँ लाखौँ युवाका लागि नमुना व्यक्तित्व हुनसक्नुहुन्छ । उहाँको नियुक्तिले विश्वको आँखामा एक मुलुकको रूपमा भारतको छवि विस्तार गर्छ’’ उहाँले भन्नुभयो । फिलिपक्यापिटल इन्डियाका कार्यकारी अधिकारी विभोर सिंघलले प्रतिभालाई बाहिरबाट आएर माथिसम्म पुग्न दिने कुरालाई स्वीकार गर्ने अमेरिकी खुलापनको कारण भारतमा जन्मेका कार्यकारी अधिकारीहरूले सफलता प्राप्त गरेको बताउनुभयो । लगानी तथा वित्तीय अनुसन्धान संस्थाका निर्देशक इक्वेन्टिस रिसर्चका निर्देशक विक्रम धवनले अङ्ग्रेजी भाषामा दक्षताले पनि भारतीय नागरिकलाई प्रतिस्पर्धामा मौका दिने बताउनुभयो । दक्षिण एसियाली मुलुक भारतले प्रति वर्ष करिब १० लाख इन्जिनियरिङ स्नातक उत्पादन गर्छ र यसले सूचना प्रविधिको क्षेत्रमा अन्य मुलुकका लागि काम गर्ने केन्द्रको रूपमा ख्याति कमाएको छ ।

ठूलो सङ्ख्यामा शिक्षित कामदार तथा उनीहरूको सस्तो श्रम लागत पनि यसको प्रमुख कारण हो । धेरै उच्च प्रतिभा भएका मध्यमस्तरीय युवाहरू राम्रो वेतन दिने नोकरी र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्थान नपाएका कारण मुलुक छोड्छन् । आईआईटीमा निकै ठूलो प्रतिस्पर्धा हुन्छ र स्थान सीमित छ । यसैले यहाँ स्थान पाउन नसक्नेहरूका लागि अमेरिका अर्को छनौट हुनेगर्छ । ‘‘सत्य नाडेलाको नियुक्ति भारतीय प्रतिभाको छनौट हो कि भारतीय प्रणालीमा एक थप्पड हो ?’’, फस्र्टपोस्ट अनलाइन समाचार केन्द्रको सम्पादकीयमा भनिएको छ । सम्पादकीयमा नाडेलाको नियुक्तिमा भारतले खुसी मनाउनु सट्टा किन यत्ति धेरै प्रतिभा आफ्नै भूमिमा नबसी विदेश पलायन हुन्छन् भन्ने प्रश्न गर्नुपर्ने उल्लेख गरिएको छ । भारतमा पारिवारिक सम्पर्क व्यक्तिको योग्यता जस्तै महत्वपूर्ण हुन्छ । सन् २०१२ मा अमेरिकी विचारक संस्था प्यु रिसर्च सेन्टरले मध्यमस्तरीय भारतीय अमेरिकीको वार्षिक आय ८८ हजार अमेरिकी डलर रहेको र यो एसियाली अमेरिकीको ६६ हजार अमेरिकी डलरभन्दा निकै अधिक रहेको देखाएको थियो । मध्यमस्तरीय अमेरिकी घर परिवारको वार्षिक आय ४९ हजार ८०० अमेरिकी डलर रहेको छ । भारतीय अमेरिकीमा २५ वर्षभन्दा माथिका ७० प्रतिशतले स्नातक शिक्षा प्राप्त गरेको देखिएको छ ।
एसियन अमेरिकीमा यो प्रतिशत ४९ रहेको छ । विश्व मोबाइल इन्टरनेट युगमा प्रवेश गरिरहेको समयमा नाडेलाले माइक्रोसफ्टले भोगेका चुनौतीलाई सामना गर्नुपर्छ । उहाँलाई भारतीय बजारको बारेमा राम्रो जानकारी भएकाले उहाँ भारतमा यस उद्योगमा रहेकाहरूका लागि अवसर सिर्जना गर्न सहयोगी हुने अनुमान गरिएको छ । ‘‘पूर्वले दिनसक्ने सबैभन्दा राम्रो कुरालाई पश्चिमले मङ्गलबार स्वीकार गरेको छ र गृहमुलुकमा पनि परिवर्तनको हावा बहन्छ भन्ने ठूलो आशा गरिएको छ’’, द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
0 comments:
Post a Comment