Friday, March 14, 2014

नाकले टाइप गरेर विश्व कृतिमान ,,,,,


एक भारतीय नागरिकले नाकले सबैभन्दा तिव्र गतिमा टइप गरेर विश्व कृतिमान बनाएका छन् । हैदरावादका २२ वर्षीय मोहम्मद खुर्शीद हुसैनले आफ्नो नाकले सबै भन्दा द्रुत टाइप गरेर गिनिज बुक अप वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।



खुर्शीदले गत २७ फेब्रुअरीमा ४७ दशमलव ४४ सेकेन्डमा १०३ अक्षरको वाक्य नाकले टाइप गरेका थिए । १७ शब्दको सो वाक्य उनले सहजै नाकले टाइप गरे । उनलाई यस अघि सोही शब्द लेख्न ५३ सेकेण्ड लाग्ने गरेको थियो  ।

खुर्शीदले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका हुन् ।

सन् २००८ मा भारतकै आप्रबासी महिला नीताले १ मिनेट ३३ सेकण्डमा एक वाक्य नाकले टाइप गरेर रेकर्ड राखेकी थिइन् । पछि खुर्शीदले सो रेकर्ड तोडेका थिए ।

खुर्शीदले सात वर्षको उमेर देखि नाकले टाइप गर्ने अभ्यास गर्दै आएको बताएका छन् ।

0 comments: