Saturday, March 15, 2014

कृषिबाटै सक्षम र उदाहरणीय बन्छु: बिनिता बराल

चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा बढि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् ।

अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँगको  संक्षिप्त कुराकानीः
रंगिन रंगमञ्चलाई छाडेर किन सबैले हेपेको कृषिमा आउनुभयो ?
रंगमञ्चलाई छाडेको छैन । हामी कृषि प्रधान देशमा जन्मिएका हुनाले कृषि हामी सबैको कर्तब्य हो । मैले पनि कृषिमा केही योगदान गर्न सक्छु किनकी म एक जना कृषकको छोरी भएको नाताले केही गर्न सक्छु भन्ने आंटले यता लागेकी हुँ । सबैले हेँला गरेको पेशा भईदियो कृषि जबकि नेपाल सक्षम हुने एउटै मात्र आधार हो । मैले कृषिमा आफ्नो उत्तरदायित्व सम्झेर लागेकी हुं ।
सिनेमा नपाएर कृषिमा लाग्नुभएको त होईन रु असफल हुन्छु भन्ने डरले कृषिमा लागेपछि चर्चा पाईन्छ भनेर पो हो कि र?
कतिपयले यसरी पनि हल्ला गरेको पाएँ । मेरो चपली हाईट भन्ने सिनेमाले कति सफलता पायो भन्ने त सबैलाई थाहा भएकै कुरा हो । त्यो हिसाबले त असफल भन्न नमिल्ने नै हो । मैले फिल्म क्षेत्र त छाडेकै छैन नि । मेरो बिचारमा कृषि क्षेत्र त्यस्तो पेशा होइन जुन अन्य क्षेत्रबाट असफल भएपछि मात्र गरिन्छ । तैंले केही गर्न सकिनस् अब हलो जोतेर खा भन्ने पेशा कृषि हुंदै
होईन । यस्तै सोंच ,बिचार र संस्कृतिले गर्दा नेपालमा युवाहरु कृषिमा आउन नसकेका हुन् ।
त्यसोभए अब समाजसेवा पनि गरौं भन्ने मनसायले यता आउनु भएको हो र?
होईन ठ्याक्कै समाजसेवा भनेर मात्रै म यो पेशामा आएको होईन । कृषिबाट म आंफै सक्षम भएर समाजलाई उदाहरण देखाउन खोजेको हो । कृषिमा मैले आफ्नो भबिष्य खोजिरहेकी छु । मलाई कृषिमा भबिष्य छ भनेर पनि थाहा छ । म आफै पनि पैसा कमाउन चाहन्छु र समाजलाई पनि सकारात्मक सन्देश दिन चाहन्छु । बिशेषतः युवा पुस्तालाई, त्यसैले पनि म कृषिमा लागेकी हुं । कृषि प्रधान देशमा बसेर, किसानकै छोराछोरी भएर कृषि पेशा गर्नेलाई हेला गर्ने संस्कृतिले कसरी देशको बिकास हुन सक्छ  ?
कृषिबाटै जीवन धानिन्छ जस्तो लाग्छ र?
मैले जीवन धान्ने आधार र सक्षम हुने आधार नै कृषि बनाउन खोजेकी हुँ । म कृषिकर्म गरेरै कार चढ्ने बन्न
चाहन्छु । कृषि गरेरै ठुलो महल खडा गर्न चाहन्छु । मलाई कृषिबाट राम्रो भबिष्य बनाउन सकिन्छ भन्ने देखाउनु छ ।
त्यसोभए तपांई किसान र?
हो , तर किसान र सिनेकर्मी दुवै । तर कसैले किसान विनिता भन्दा बढि गर्वको अनुभुति हुन्छ ।
कृषकलाई कसरी बुझ्नुहुन्छ ?
मैले किसान भन्दा त्यस्तो ब्यक्ति जसको शारिरिक शक्ति , मानसिक शक्ति उसको धैर्यता , क्षमता र उसको एकतालाई बढि बुझ्छु । तर साधारणतया मानिसहरुले किसान भन्नासाथ मैला लुगा लगाएको पसिना आउने ,मकै ,चिउरा खाईराखेको सबैभन्दा निम्नस्तरको जीवन बाँच्ने
बुझ्छन् । तर मैले त्यसरी बुझ्दिन । किसान भनेको महान् मान्छे हो ।
हाल कृषिमा के के गरिरहनुभएको छ र?
मैले टोखाको १० रोपनी जग्गामा सिजनल अर्गानिक तरकारी खेती गरिरहेकी छु । त्यो बाहेक लाजिम्पाटको सांग्रीला होटेल अगाडि अर्गानिक पसल पनि खोलेकी छु । दःुख गरेर उत्पादन गरेर मात्र हुँदो रहेनछ त्यसलाई सही तरिकाले बेच्न नसक्दा नोक्सान हुनेरहेछ भन्ने बुझेर हामीले लाजिम्पाटमा सानो अर्गानिक आउटलेट पनि राखेका छौं । यो काममा म मात्रै एक्लै होइन हामी दुईजना छौ । निरन्जन जी र
म । हामीले पाट्नरशिपमा यो फर्म सञ्चालन गरेका छौं ।
अर्गानिक खेतीतर्फ कसरी लाग्नुभयो र?
हामीले कृषि गर्ने त भन्यौं तर फेरी मानव स्वास्थ्यलाई नकारात्मक असर गर्ने बिषादी राखेर ब्यापार गर्दा हामी जस्तो बुझेका मान्छेले गर्न हुँदैन बरु नबुझेका मानिसलाई पनि जनचेतना फैलाउनुपर्छ र प्रेरणा दिनुपर्छ भनेर हामी लागेका हौं । पैसा कमाउने
मात्र उद्देश्य राखेको भए म पनि बिषादीयुक्त खेती गर्न जान्थे होला । मानिसलाई स्वस्थ राख्न खाना खुवाउने हो न कि झन् रोगको कारण बनाउन । यसैले अर्गानिक खेती तर्फ लागियो । सबैको घरमा क्यान्सर अथवा कुनै न कुनै रोग हुनुको कारण बिषादीले नै गर्दा हो । त्यसैले नेपालबाट बिषादीलाई हटाउनुपर्छ भन्ने अभियानमा म लागेकी हुँ ।

0 comments: