Monday, March 17, 2014

मुखमैथुन गराउने शिक्षक पक्राउ

डोटी, चैत ३ – गगुडा–१ को भवानी निमावि, पलाडीमा कार्यरत शिक्षक योगेन्दबहादुर बोगटी आफ्नै विद्यार्थीलाई मुखमैथुन गर्न लगाएको आरोपमा पक्राउ परेका छन् । उनले ६ महिनादेखि चारजना बालबालिकालाई लगातार मुखमैथुन गराउँदै आएको आरोप छ ।


विभिन्न बहानामा छात्रा शौचालयमा लगेर बोगटीले उनीहरूलाई मुखमैथुन गर्न लगाउने गरेको पीडितका अभिभावकले बताएका छन् । उनले कक्षा १ र २ मा अध्ययन गर्ने चार विद्यार्थीमाथि यौनदुव्र्यवहार गर्ने गरेका हुन् । शिक्षक बोगटीलाई प्रहरीले हिरासतमा लिएको छ । उनी सोही ठाउँका स्थानीयवासी हुन् ।
बोगटीले कक्षा १ अध्ययन गर्ने पाँच वर्षीया बालिका एकजना र ६ वर्षीया दुई तथा कक्षा २ मा अध्ययन गर्ने आठ वर्षीया बालिकालाई विभिन्न बहानामा मुखमैथुन गर्न लगाएको पीडित बालिकाहरूले बताएका छन् । आरोपी शिक्षक बोगटीले छात्राका यौनांग चलाउने, आफ्नो यौनांग चलाउन लगाउने र मुखमैथुन गर्ने गरेको उनीहरूको दाबी छ ।
विद्यार्थीमाथि यौनदुव्र्यवहार भएको भन्ने आफूहरूलाई थाहा भएपछि शुक्रबारै अरोपी शिक्षक बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम पठाइसकेको चनुकाँडा प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपकबहादुर सिंहले जानकारी दिए । घटनाको स्थलगत अध्ययन र अनुसन्धान भइरहेको उनको भनाइ छ । इन्चार्ज सिंहले भने, ‘विगत लामो समयदेखि शिक्षकले त्यस्तो दुव्र्यवहार गर्दै आएका रहेछन्, हामीलाई ढिलो जरी जानकारी आयो, कारबाही प्रक्रिया अगाडि बढिसकेको छ ।’
बोगटीले कक्षा २ मा अध्ययनरत एक बालिकालाई जबरजस्ती करणी गर्ने प्रयाससमेत गरेको बताइएको छ । अभिभावकका अनुसार बालिकाहरू घरमा आएर वाकवाक गर्ने, विद्यालय जान डराउने, खाना खाँदा बान्ता गर्न थालेपछि सोधखोज गर्दा यौनदुव्र्यवहारको घटना थाहा भएको हो भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । -

0 comments: