Wednesday, March 5, 2014

छिन्चु—जाजरकोट सडक कालेपत्रे अन्तिम चरणमा

कर्णाली अञ्चलको जाजरकोट जिल्ला जोड्ने छिन्चु—जाजरकोट सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

सुर्खेतको पोखरेदेखि जाजरकोटसम्मको ८० किलोमिटरमध्ये ७५ किलोमिटर कालोपत्रे भइसकेको छिन्चु जाजरकोट सडक योजनाको कार्यालयले जनाएको छ ।

विश्व बैंकको ५० करोड रुपैयाँ सहयोगमा कालोपत्रेको काम सुरु भएको थियो । पोखरेदेखि जाजरकोटसम्मको बाँकी ५ किलोमिटर यसै आर्थिक बर्षमा कालोपत्रे भइसक्ने कार्यालयको भनाई छ ।  

सडकको स्तरोन्नती भएपछि यो सडकमा यातायात सेवा सहज हुने भएको छ । जाजरकोट सडक सञ्जालमा जोडिएपनि कच्ची सडकका कारण यात्रा कष्टपूर्ण थियो । ७ बर्षअघि ट्रयाक खोलिएको यो सडकको कुल लम्बाई भने १ सय ७ किलोमिटर छ ।

सडक कालेपत्र भएपनि बिच बिचमा पर्ने खोलामा भने पुल हालिएको छैन । यस सडकको राकम खलंगा खण्डमा एक दर्जन खोलानाला पर्छन् । ६ ठाउँमा भने मोटरेवल पुल निर्माणका लागि सडक डिभिजन कार्यालय सुर्खेतले हालै टेण्डर आह्वान गरिसकेको प्रमुख भानु जोशीले बताउनुभयो ।

सडकको कालोपत्रे गर्ने काम सकिएपनि राकमको भेरी नदीमा निर्माण थालिएको पुल १० बर्षसम्म पनि नबन्दा छिन्चु जाजरकोट सडकको यातायात सेवा प्रभाबकारी हुन सकेको छैन । कालोपत्रेका साथै भेरी पुल र अन्य पुल यसै आर्थिक बर्षमा निर्माण भइसकेपछि यो सडक १२ महिना नै निर्बाध सञ्चालन हुने जोशीले बताउनुभयो ।

0 comments: