Saturday, March 15, 2014

प्रधानमन्त्रीले भने– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा ?’

देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई सरकारको मन्त्रालय र देशको सिमा लगायतका विषयमा कत्तिको जानकारी होला ? सायद सवैलाई लाग्ला उनी यी सबै कुरामा जानकार नै होलान् । तर, कसैले प्रधानमन्त्री सबै कुरा जान्दछन् भन्ने सोच्यो भने गलत सावित हुनेछ ।


प्रधानमन्त्रीमा कोइराला निर्वाचित भैसकेपछि सरकारबाट फाइदा लिने र सरकारी स्तरबाट स्थानीयस्तरका विकासे योजना बिषयमा कुरा गर्न जानेहरु प्रधानमन्त्रीबाट हैरान हुन थालेका छन् । किनकी त्यसरी प्रधानमन्त्री भेटन् जानेहरुलाई प्रधानमन्त्रीले नै उल्टैै सोधिदिन्छन त्यो कुन मन्त्रालय अन्र्तगत पर्छ ? त्यो के हो ? कहाँ पर्छ ? जस्ता प्रश्न तेत्र्याउछन् ।’
यस्तै प्रधानमन्त्रीका विषयमा यस्तै रोचक तथ्य रातोपाटीले फेला पारेको छ ।
प्रंसग नं. १ – प्रधानमन्त्रीले गृहजिल्ला बाँके पुगेर ‘टनकपुर नेपालमा पर्दैन ? यो कुरा कसले भन्यो भनेर पत्रकारलाई जफाव दिए ।’ खासमा उनको त्यो अभिब्यक्ति आउनुमा उनलाई टनकपुर नेपालमा पर्छ की भारतमा पर्छ भन्ने पत्तो नै नभएको रातोपाटीले तथ्य पत्ता लगाएको छ । त्यो अभिब्यतिका कारण सुशीलको निकै चर्को आलोचना भएपछि नेपालगंजमा दाजुको घरमा पुगेर उनले निजी सचिव लक्ष्मण ढकाललाई बोलाएर भने,– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा पर्छ ? बुझ त ?’ ढकालले सबैतिर फोन गरेर त्यो नेपालमा पर्ने बताएपछि भोलिपल्ट विहानै उनले टनकपुरमा भारतले नेपालको ७ मिटर भुगोल मात्र मिचेको अभिब्यत्ति दिएको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।
प्रसंग नं. २ – फागुन २४ गते शनिवारका दिन दिउँसो १२ बजेको समयमा मध्यपश्चिम क्षेत्रका कांग्रेसका अगुवा कार्यक्रता प्रधानमन्त्रीलाइ भेट गर्न सरकारी निवास बालुवाटार पुगे । आफ्नै क्षेत्र र पार्टीका प्रधानमन्त्री भएका कारण कांग्रेस कार्यक्रताका मागका चाङ्ग नै थिए । उनीहरुले मध्यपश्चिममा बन्न लागेको अपर कर्णाली, कालिकोटमा ९ महिनादेखि बन्द शान्निघाट लघु जलबिद्युत आयोजना मर्मत, कर्णाली राजमार्ग र जाजरकोटको सडक स्तर उन्नतीका बिषयमा माग लिएर गएका थिए ।
जव ती मागहरु अगुवा कार्यक्रताले प्रधानमन्त्रीको टेबुलमा राखे । कांग्रेसका कार्यक्रताले यी बिषयमा प्रधानमन्त्रीको ध्यान जाओस् भने तव प्रधानमन्त्री मुखबाट ती कार्यक्रतालाई नै सोधे ‘ यो सडक बिभाग कुन मन्त्रालय अन्र्तगत पर्छ ? बिजुली कुन मन्त्रालय हेर्छ ?’
विकासे माग लिएर गएका कार्यक्रतालाई प्रधानमन्त्रीले यसरी प्रश्न तेस्र्याएपछि कार्यक्रताहरु मुखामुख गरे । भेटमा सहभागी एक मध्यपश्चिमका अगुवा कार्यक्रताका अनुसार ‘प्रधानमन्त्रीले सामान्य ज्ञान त राख्नु पर्ने हो नी तर सामान्य ज्ञान पनि नहनु दुःखद् कुरा हो । कोइराला थरका कारणले मात्र पार्टीको माथिल्लो निकायमा पुगेको ’ उनको भनाई छ ।
प्रसंग नं. – ३ प्रधानमन्त्री कोइराला यसभन्दा अघि दुई पटक सांसद बनेका थिए । कोइराला कहिले पनि संसदको अघिल्लो बेन्चमा बस्ने गरेका थिएनन् । उनी सधै पछाडीको कुर्सीमा बस्ने र निदाउने काम मात्र गर्ने गरेको उनीसँगै सांसद बनेको कांग्रेसका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । उनी भन्छन‘ खासै कुनै बिषयमा उनको चासो थिएन् ।’ यसभन्दा अघिका दुई संसदमा उनले कुनै पनि बिषयमा पनि संसदमा बोलेको आफुले नदेखेको उनको भनाई छ

0 comments: