यो तस्वीरमा प्रधानमन्त्री शुसील कोइरालासँग कुम जोडने व्यक्ति को होलान् ? उनका छोरा त पक्कै हैनन, किनकी प्रधानमन्त्री अविवाहीत छन् । यी उनका पिए पनि हैनन् । न त उनी काँग्रेसका त्यागी र इमानदार कार्यकर्ता हुन्
। उनी हुन, डान्सबारमा युवतिको नग्न नृत्य गराएबापत मानव बेचविखनको आरोपमा पटक पटक पक्राउ परेका र राजनीतिक आडमा छुटेका डन रोज राणा । स्वच्छ छवीका भनीएका प्रधानमन्त्रीलाई यस्ता डनहरुसँग सँगत किन गर्नुपरेको होला ? भन्ने प्रश्न उत्पन्न हुन्छ । तर, यो राजनीति हो । जे देखिन्छ, त्यो बास्तवमा हुँदैन, अनी जे देखिदैन, त्यही हुन्छ । प्रधानमन्त्रीको उठबस डनहरुसँग पनि हुँदो रहेछ । मानव बेचविखनको आरोप लागेका रोज राणाको खास नाम सरोज थापा हो । चलचित्र क्षेत्रमा शक्रिय भएपछि यसरी थापालाई राणा बनाउन पछि नपर्ने रोज राजधानीका कुख्यात डनको सूचीमा पर्छन् । केही वर्षअघि बागबजारस्थित टप भिआइपी डान्सबारमा छापा मार्ने क्रममा अश्लील नृत्य गरेको अभियोगमा पक्राउ परेका महिला कामदारले भनेका थिए, ‘हामीलाई रोज राणाले धम्की दिएर जर्बजस्ती नग्न नृत्य गराएका हुन् ।’ त्यसपछि उनी पक्राउ परे । विभिन्न राजनीतिक शक्तिको दबाबमा उनलाई चोख्याइयो । र ७ दिन हिरासतमा बसी उनी धरौटीमा रिहा भएका थिए । त्यसैगरी गोंगवु र डिल्लीबजारमा रहेको शो गर्ल डान्स बारमा छापा मार्दा नांगो नाच देखाएको आरोपमा पक्राउ परेका महिला कामदारले पनि आफुहरुलाई धम्क्याएर नांगो नाच्न बाध्य पारेको बताएपछि राणा फरार भएका थिए । काठमाडौंमा रोजका दर्जनौं डान्स बार छन, जहाँ नग्न नृत्य गराइन्छ । आफ्ना अपराधबाट बच्न रोजले राजनीतिक संरक्षणको आड लिए । काँग्रेसका सभापति शुसील कोइरालाकहाँ धाउन थाले । शुसीलले पनि डन (रमेश खरेलको भाषामा फ्याउरे गुन्डा) भन्ने थाहा हुँदा हुँदै यस्ता फयाउरे गुण्डालाई सँधै दाहीना बनाइरहे । अचेल यी र यस्ता डनहरुको चुरीफुरी निकै बढेको छ ।डनको घेरामा प्रधानमन्त्री फागुनको पहिलो साता प्रधानमन्त्री कार्यालयबाट प्रहरी सँगठनमा एउटा फोन गरीयो । फोन गर्ने व्यक्ति थिए, प्रधानमन्त्रीका पिए लक्ष्मण ढकाल । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेलले संचालन गरेको गुण्डा अपरेशनको क्रममा पक्राउ परेका काभ्रेका बलराम सापकोटा उर्फ बले र तेजेन्द्र गुरुङलाई छुटाउन पिए ढकालले चर्को दबाब दिएका थिए । उनले प्रहरीका हाकीमलाई फोनमा धम्क्याउँदै भनेका थिए, ‘हाम्रो मानिसलाई समात्ने हिम्मत कसले ग¥यो ? काँग्रेसको सरकारमा काँग्रेसकै मानिसलाई पक्राउ गर्ने को हो ? त्यसलाई जागीर खान मन छ की छैन ?’ यसरी बले र तेजेन्द्रलाई रिहा नगरे जागीर नै खाइदिने धम्की त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै आएपछि प्रहरी संगठनमा हलचल मच्चीयो । यो खबर रमेश खरेलको कानसम्म पुग्यो । उनले प्रधानमन्त्री कार्यालयकै दबाबका भरमा रिहा नगर्ने बताए । यो थाहा पाएपछि प्रहरी अधिकारीलाई थर्काउन काभ्रेका काँग्रेस सभासद तिर्थ लामा हनुमान ढोका पुगेका थिए । त्यसपछि पनि बले र तेजेन्द्र रिहा नभएपछि प्रधानमन्त्रीका पिए लक्ष्मण ढकालले फेरी फोन गरी ‘आइजीपी उपेन्द्र अर्याल र रमेश खरेल दुबैको जागीर खाइदिन्छौं, अब बामदेव गौतम आएर यिनलाई तह लगाउँछन्’ भनेका थिए । यसरी डनलाई छुटाउन प्रधानमन्त्री कार्यालयकै दुरुपयोग गर्ने पिए ढकालको करतुतप्रति प्रधानमन्त्री भने मौन छन् । ‘सादगी’ र ‘निश्कलंक’ भनिएका प्रधानमन्त्रीमाथि यस्ता घटनाले कलंकको दाग लाग्न थालेकोमा इमानदार कांग्रेसजन चिन्तित छन् ।
0 comments:
Post a Comment