युएईका लागि नेपाली राजदुत धनन्जय झाले एक सार्वजनिक कार्यक्रममा गैर जिम्मेवार अभिब्यक्ति दिएको भन्दै युएईमा रहेका नेपाली संघ संस्थाले आपत्ति जनाएका छन् ।
गैर आवसिय नेपाली संघ (एनआरएन)का केन्द्रिय अध्यक्ष शेष घलेको उपस्थितीमा एनआरएन युएईले दुबर्इ शुक्रबार गरेको कार्यक्रममा बोल्दै राजदुत झाले दुतावास र दुतावासले दिने सुविधाप्रति गुनासो सुनाउने नेपालीको जबाफ स्वरुप कोही नेपाली मर्न चाहे मरे हुन्छ भन्नु भएको थियो ।
पत्रकार भण्डारीको जवाफ स्वरुप राजदुत झाले भन्नुभयो ‘सेल्टर हाउसमा आएर पनि झ्यालबाट हाम फालेर कोही मर्न चाहन्छ भने मरे हुन्छ, मैले केही गर्न सक्दिन ।’ उहाँले ४ वर्षे कार्यकालमा २ वर्ष पुरा भएको र फिर्ता बोलाएर आफू फिर्ता जान तयार रहेको बताउनु भएको थियो । त्यसपछि उपस्थित माहोलको अवस्थालाई राम्रोसँग बुझेका झा कार्यक्रम सकिनु अगावै कार्यक्रमबाट बाहिरिन खोज्नु भएको थियो । राजदुत झा बाहिरिन लागेको देखेपछि कार्यक्रममा उपस्थित सर्वसाधारण पुष्प कार्कीले राजदुतलाई रोक्दै प्रश्न गर्नुभयो ‘तपाईं साँढे ४ लाख नेपालीको अभिभावकले यस्तो बोल्न मिल्छ? समस्या के हो भन्नेतर्फ नगएर मर्न चाहे मरे हुन्छ भन्दै गैर अभिब्यत्ती दिने ?’ कार्कीका प्रश्नलाई सुनेको नसुन्यै गर्दै राजदुत झा कार्यक्रमबाट बाहिरिनुभयो ।
राजदुत झाको भनाइप्रति अन्तरास्ट्रिय कलाकार मञ्च युएईका अध्यक्ष मोहराज शर्माले पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो ‘जनताको सेवा गर्न नियोगमा बसेको जिम्मेवार व्यक्तिले यस्तो बोल्नु नैतिकता हराउनु हो ।’
यस्तै अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका संयोजक तथा अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले दुतावासमा धेरै समस्या रहेको र दुतावासको समस्यालाई सुल्झाउन लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले दुतावासको सम्पर्क नम्बरमा कसैले फोन नउठाउने, समयमै काम नगरिदिने, कागजपत्र नमिलेको नाममा नेपालीलाई सास्ती दिने र समयमै राहदानी उपलब्ध नहुने बारे धेरै नेपालीले गुनासो सुनाएका थिए । त्यस्तै दुतावासको वेवसाइटमा पूर्ण जानकारी नसमेटिएको, दुतावासका कर्मचारीले गरेको ढिलासुस्ती बारे समस्या देखाएका थिए । जवाफमा राजदुत झाले जनशक्तीको अभावमा सबै काम गर्न नसकेको बताउनुभएको थियो ।
गैर आवसिय नेपाली संघ(एनआरएन)का केन्द्रिय अध्यक्ष घलेको प्रमुख अतिथ्यतामा नेपाली दुतावासका राजदुत झा बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा एनआरएन मध्यपूर्व संयोजक चन्द्र रोका र पूर्व मध्यपुर्व सह(संयोजक एलएन सुवेदी लगायतका २ दर्जन बढी संघ सस्थाको प्रतिनिधिको सहभागिता थियो ।
0 comments:
Post a Comment