टनकपुर भारतकै भएको भनेर हिजो विवादास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्री सुशिल कोइरालाले यसमा केही सच्याउँदै टनकपुरको सात मिटर जमिन भने नेपालकै भएको प्रतिक्रिया दिएका छन् । टनकपुर भारतकै भएकाले यसवारेमा विवाद गर्नुको कुनै तुक नरहेको धारणा सार्वजनिक गरे लगत्तै विवादमा तानिएका कोइरालाले सात मिटर भने नेपालकै रहेको टिप्पणी गरे । ‘टनकपुरको सात मिटर जग्गा भने भारतले मिचेको छ’ टनकपुर भारतकै भएको अभिव्यक्ति दिएको
भोलिपल्टै कोइरालाले भने । शनिवार मात्रै नेपालगंजमा भएको पार्टीनिकट कानूनव्यवसायीहरुको उट्घाटन सम्मेलनमा टनकपुर भारतको भए पनि यसबारेमा अनावश्यक टिप्पणी गरिएको भन्दै उनले यसवारेमा तर्क गर्नु बाहियात भएको टिप्पणी गरेका थिए । गिरिजाप्रसाद कोइरालाले टनकपुर बेचे भन्ने आरोपको बचाउँ गर्दै उनले भनेका थिए,‘भारतको स्वामित्वमा रहेको टनकपुर गिरिजावावुले कसरी बेँचे । यो सबै आरोप बाहियात हो,टनकपुर भारतकै हो ।’ सिमाविदहरुका अनुसार टनकपुरको जलाशयको बीचसम्मको भाग नेपालको नै हो ।भारतले त्यहाँ झन्डै २सय हेक्टर भन्दा बढी नेपाली भुमि मिचेको छ । तर कोइरालाले भारतप्रति नरम देखिन हिजोमात्रै टनकपुर पहिले देखि नै भारतको भएकोले यसवारेमा विवाद गर्नुको कुनै तुक नरहेको तर्क गरेका थिए ।कोइरालाको यस्तो अभिव्यक्तिसँगै उनको व्यापक आलोचना भइरहेको छ ।
0 comments:
Post a Comment