२४ फागुन, । लामो कपाल, उज्यालो अनुहार, सर्लक्क मिलेको ज्यान । उनले एकपटक मुस्काउँदा जो कसैलाई मोहित पार्न सक्छिन् ।
रामेछापको खिम्तीको सट्टा काठमाडौंको कुलीन घरमा उनको जन्म भएको भए सायद उनी अहिले सुन्दरी प्रतियोगितामा बारुले कम्मर मर्काइरहेकी हुन्थिन् या कलेज पोशाकमा ठाँटिएर साथीहरुसँग ठट्टा गर्दै ए लेभल पढिरहेकी हुन्थिन् ।दैनिक हजारौं गाडी र लाखौं मानिस ओहोर-दोहोर गर्ने शान्तिनगरको वागमती पुल नजिकै हावाको एक झोँक्काले धक्का दिँदा ढल्ने छाप्रोमुनि २० वर्षीया रेनुका भुजेल यद्यपि हाँसीखुसी नै देखिन्छिन् ।
केही बाँसका टाटी, थोत्रा जस्तापाता र मकिइसकेका काठले बेरिएको छाप्रोमा नयाँ साहुनीकारुपमा उनी यही फागुन १ बाट मात्रै प्रवेश गरेकी हुन् । त्यो छाप्रोमा यसअघि एकजना हजामले कपाल काट्थे, उनले फागुन १ को साइत पारेर सिलाइ मेसिन राखेर भविष्यका सपना बुन्न थालेकी छन् ।
रामेछापको खिम्तीको एक भुजेल परिवारमा जन्मेकी हुन् उनी । गरिब परिवारमा कान्छी छोरीका रुपमा जन्मेकी उनले अहिलेसम्म साउँ अक्षर पनि चिनेकी छैनन् ।
रेनुकालाई विद्यालय पुग्नै पाँच घण्टा लाग्थ्यो । बुबा आमाले पढाउन पनि चासो दिएनन् । उनका उमेरका साथीहरु आईए, बीए पास गरेर जागिरे भइसक्दा सानैदेखि भोक प्यास खेप्दै हुर्केकी रेनुका भने यतिबेला त्यही थोत्रे झुप्रोमा भविष्य खोजिरहेकी छन् ।
साली भेनाकी भएपछि..
बुबा आमाको लाडप्यारमा हुर्केकी रेनुकाकी माहिली दिदीको बिहे भएको ८ वर्ष भइसक्यो । दुःख गरेर हुर्काएका रेनुकाका दुई दिदीलाई बुबाआमाले मारे पाप पाले पुन्य भन्दै विहे गरेर जुवार्इंको घर पठाइदिए । जेठी दिदीका सन्तान भए पनि गाउँमै बिहे गरेकी माहिली दिदीको बिहे भएको ५ वर्षसम्म सन्तान भएका थिएनन् ।
बिहे गरेको यतिका समयसम्म सन्तान नभएपछि रेनुकाका भिनाजु शिवहरि भुजेल रन्थनिएका थिए । ‘साली कसको भेनाको’ नेपाली उखान राम्ररी बुझेका शिवहरिले फकाएपछि रेनुका तीन वर्षअघि दिदीको सौता लाग्न पुगिन् ।
भिनाजुले फकाएपछि बाबुअमालाई थाहै नदिई भागेकी रेनुका अढाइ वर्षसम्म रामेछापमै बसिन् । ‘दुई महिनासम्म दिदीसँग बोलचाल भएन, त्यसपछि दिदीले पनि आइ त गइस् अब कति दिन भागेर हिँड्छेस् भनेर बोलाइन्’, रेनुकाले भनिन् ।
छ महिनाअघि दिदीले सँगै बस्न बोलाएपछि रेनुका काठमाडौं छिरेकी हुन् । ‘दिदीले जे भयो भै गो, अब आइज, सँगै बसौं भनेपछि काठमाडौं छिरेकी हुँ’, रेनुकाले सुनाइन्, ‘म अनपढले गर्नु गल्ती गरिसकेँ, अब दिदीसँग मिलेर बस्ने कोशिसमा छु ।’
भिनाजुको सन्तानको चाहना पूरा गर्न दिदीको सौता लाग्न पुगेकी रेनुकाले भिनाजुलाई पति बनाएको वर्षदिनमै छोरी जन्माइन् । बहिनी आमा बनेको ६ महिना नबित्दै दिदी मीना पनि छोरीकी आमा भइन् ।
दिदी मीनाले मानिसका घर-घरमा पुगेर भाँडा माझ्ने र लुगा धुने काम गरेर केही आम्दानी गर्छिन् । पतिले घर बनाउने र अन्य सानातिना निर्माणको ठेक्कामा हात हालेका छन् ।
‘मलाई पनि केही गरेर खान मन लाग्यो अनि यहाँका बाँस ठेकेदार दाइलाई सिलाइ मेशिन छ, मैले साह्रै दुःख पाएकी छु भनेपछि हजामको सामान निकालेर मलाई बस्न दिएका हुन् ।’ रेनुकाले सुनाइन् ।
भत्कन लागेको छाप्रामा रेनुकाले व्यवसाय थालेको महिना दिन पनि भएको छैन । ‘अहिले त दिनमा ३ जना जति मात्रै आउँछन्, त्यो पनि नयाँ सिलाउन भन्दा थोत्रा टाली माग्न मात्रै’, उनले भनिन्, ‘दिनमा बल्लतल्ल ५० देखि ८० रुपैयाँमात्र आम्दानी हुन्छ ।’
Renuka-Bhujel
आम्दानी विवरण पतिलाई
दिदी मीना बिहानै उठेर अरुकहाँ भाँडा माझ्न निस्किन्छिन् । सानातिना निर्माणका ठेक्का गर्ने पति पनि विहानै काममा लाग्छन् । दिदी-बहिनी दुबैले जति कमाए पनि सबै हिसाब पतिलाई बुझाउनुपर्छ ।
‘दिदीले जति कमाए पनि दैनिक हिसाब बुझाउँछिन्, मैले पनि बुझाउने गरेकी छु’, अन्तरराष्ट्रिय नारी दिवसका दिन रेनुकाले अनलाइनखबरसँग भनिन्, ‘आम्दानी भएन भने पनि पतिलाई भन्नैपर्छ ।’
आफूहरुको आम्दानीको हिसाब खोज्ने पतिसँग मीना र रेनुकाले कहिलेकाँही उनको आम्दानीको पनि हिसाब खोज्छन् । तर पतिले उनीहरुलाई कहिल्यै कमाएको पैसाबारे बताउँदैनन् । ‘खान दिएकै छु, लाउन दिएकै छु, किन चाहियो तिमीहरुलाई हिसाब भनेर पतिले टार्छन् ।’ रेनुकाले भनिन् ।
गरिब भएकोमा रेनुकालाई साह्रै चित्त दुखेको छ । ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका दिन उनी भने आफ्नो र छोरीको भविष्यको पिरलोमा थिइन् । ‘के गर्नु गरिबले दुख भए पनि खुसीसाथ बस्नुपर्छ, अहिले गरिब भएर के भो त, छाप्रोमै भए पनि लुगा सिलाउन थालेकी छु, थोरै कमाइ हुँदैछ’, रेनुका भन्छिन्, ‘मैलेजस्तो अनपढ भएर मेरी छोरीलाई बस्न दिन्न, पढेकी भएँ म पनि किन पो दिदीको सौता आउँथे र, छोरीलाई धेरै पढाएर मैले जस्तो दुःख भुक्तान गर्न दिन्न ।’
नारी दिवस ? मलाई केही थाहा छैन
काठमाडौंका सडकमा सुकिला-मुकिला लुगा लाएका महिला ८ मार्च मनाउन सडकमा निस्केका बेला रेनुका जस्ता गरीखाने वर्गका महिलालाई दुई छाक टार्नकै चिन्ता छ । ‘अन्तर्राष्ट्रिय नारी दिवसबारे मलाई केही थाहा छैन’, रेनुकाले सुनाइन्, ‘यो दिवसबारे म केही जान्दिँन, जुलुसमा पनि कसैले बोलाएका पनि छैनन् ।’
भिनाजुले बाँडेका सपना
बिहे गर्नुअघिसम्म भिनाजुले आफूलाई फकाउन बाँडेका सपना रेनुकाका आँखामा झलझली घुमिरहेका छन् । भत्कन लागेको छाप्रामा नजर डुलाउँदै रेनुका भावनामा बग्दैथिइन् । ‘विहे नगरुन्जेल पुरुषले यति धेरै माया गर्छु, मनमा सजाएर राख्छु भन्दा रहेछन्’, रेनुकाले सुनाइन्,- ‘विहेपछि भने वास्ता पनि गर्दैनन्, हामीले अलिक ठूलो स्वरले बोल्यो भने आँखा तरेर हेर्छन्, उस्तै परे हात हाल्न पनि पछि पर्दैनन् ।’
पढ्न लेख्न नपाएकाले रेनुकाले ठूला सपना सजाएकी छैनन् । ‘मेरो जीवनमा ठूलो सपना केही छैन, यही छाप्रे पसल चलिदिए हुन्थ्यो’ रेनुका भन्छिन्, ‘नानी सानी भएकाले ऊ ठूली भएपछि केही गर्ने योजना छ ।’
माया बराबर
दिदीसँग सौता आए पनि आफू र दिदी रेनुका दुबैलाई अहिलेसम्म बराबर माया गरेका छन् रे भेनाले । ‘दुईजना पत्नी भए पनि बुढाले हामी दुबैलाई बराबर माया गर्छन्, कहिलेकाहीँ झगडा हुँदा सौताको व्यवहार हुन्छ ।’ रेनुका भन्छिन् ।
दुईवटी पत्नी बनाएका शिवहरिले आफूले मात्रै दुईजनालाई पाल्न नसक्ने बताएपछि दुबै दिदी-बहिनी काममा लागेका हुन् । काम गरेर पैसा कमाओ भनेपछि दुबैजना आम्दानी गर्न जुटेका हुन् ।
दिदीको मन दुखाउँदिन
कानुनका नजरमा गलत गरेर दिदीको सौता लागेकी रेनुका दिदीको बोझ बन्न चाहन्नन् । महिलाका नजरमा सबैभन्दा ठूलो शत्रु सौता हो । तर, दिदीका नजरमा ठूलो शत्रु बनेकी रेनुका परिश्रम गरेर दिदीसँगै हाँसीखुशी बस्ने सपना बुन्दैछिन् । ‘दिदीका सन्तान भएनन् भनेर कोख भर्न आएकी थिएँ, मैले छोरी जन्माएपछि दिदीले पनि जन्माइन्’, रेनुकाले सुनाइन्, ‘अब पछुताएर के गर्नु, जे भयो भयो अब आफू पनि हाँसीखुसी रमाउने कोशिस गर्छु, दिदीको पनि मन दुखाउँदिन ।’
२४
फागुन, काठमाडौं । लामो कपाल, उज्यालो अनुहार, सर्लक्क मिलेको ज्यान ।
उनले एकपटक मुस्काउँदा जो कसैलाई मोहित पार्न सक्छिन् । रामेछापको खिम्तीको
सट्टा काठमाडौंको कुलीन घरमा उनको जन्म भएको भए सायद उनी अहिले सुन्दरी
प्रतियोगितामा बारुले कम्मर मर्काइरहेकी हुन्थिन् या कलेज पोशाकमा ठाँटिएर
साथीहरुसँग ठट्टा गर्दै ए लेभल पढिरहेकी हुन्थिन् ।
दैनिक हजारौं गाडी र लाखौं मानिस
ओहोर-दोहोर गर्ने शान्तिनगरको वागमती पुल नजिकै हावाको एक झोँक्काले धक्का
दिँदा ढल्ने छाप्रोमुनि २० वर्षीया रेनुका भुजेल यद्यपि हाँसीखुसी नै
देखिन्छिन् ।
केही बाँसका टाटी, थोत्रा जस्तापाता र
मकिइसकेका काठले बेरिएको छाप्रोमा नयाँ साहुनीकारुपमा उनी यही फागुन १ बाट
मात्रै प्रवेश गरेकी हुन् । त्यो छाप्रोमा यसअघि एकजना हजामले कपाल काट्थे,
उनले फागुन १ को साइत पारेर सिलाइ मेसिन राखेर भविष्यका सपना बुन्न थालेकी
छन् ।
रामेछापको खिम्तीको एक भुजेल परिवारमा
जन्मेकी हुन् उनी । गरिब परिवारमा कान्छी छोरीका रुपमा जन्मेकी उनले
अहिलेसम्म साउँ अक्षर पनि चिनेकी छैनन् ।
रेनुकालाई विद्यालय पुग्नै पाँच घण्टा
लाग्थ्यो । बुबा आमाले पढाउन पनि चासो दिएनन् । उनका उमेरका साथीहरु आईए,
बीए पास गरेर जागिरे भइसक्दा सानैदेखि भोक प्यास खेप्दै हुर्केकी रेनुका
भने यतिबेला त्यही थोत्रे झुप्रोमा भविष्य खोजिरहेकी छन् ।
साली भेनाकी भएपछि..
बुबा आमाको लाडप्यारमा हुर्केकी रेनुकाकी
माहिली दिदीको बिहे भएको ८ वर्ष भइसक्यो । दुःख गरेर हुर्काएका रेनुकाका
दुई दिदीलाई बुबाआमाले मारे पाप पाले पुन्य भन्दै विहे गरेर जुवार्इंको घर
पठाइदिए । जेठी दिदीका सन्तान भए पनि गाउँमै बिहे गरेकी माहिली दिदीको बिहे
भएको ५ वर्षसम्म सन्तान भएका थिएनन् ।
बिहे गरेको यतिका समयसम्म सन्तान नभएपछि
रेनुकाका भिनाजु शिवहरि भुजेल रन्थनिएका थिए । ‘साली कसको भेनाको’ नेपाली
उखान राम्ररी बुझेका शिवहरिले फकाएपछि रेनुका तीन वर्षअघि दिदीको सौता
लाग्न पुगिन् ।
भिनाजुले फकाएपछि बाबुअमालाई थाहै नदिई
भागेकी रेनुका अढाइ वर्षसम्म रामेछापमै बसिन् । ‘दुई महिनासम्म दिदीसँग
बोलचाल भएन, त्यसपछि दिदीले पनि आइ त गइस् अब कति दिन भागेर हिँड्छेस् भनेर
बोलाइन्’, रेनुकाले भनिन् ।
छ महिनाअघि दिदीले सँगै बस्न बोलाएपछि
रेनुका काठमाडौं छिरेकी हुन् । ‘दिदीले जे भयो भै गो, अब आइज, सँगै बसौं
भनेपछि काठमाडौं छिरेकी हुँ’, रेनुकाले सुनाइन्, ‘म अनपढले गर्नु गल्ती
गरिसकेँ, अब दिदीसँग मिलेर बस्ने कोशिसमा छु ।’
भिनाजुको सन्तानको चाहना पूरा गर्न दिदीको
सौता लाग्न पुगेकी रेनुकाले भिनाजुलाई पति बनाएको वर्षदिनमै छोरी जन्माइन्
। बहिनी आमा बनेको ६ महिना नबित्दै दिदी मीना पनि छोरीकी आमा भइन् ।
दिदी मीनाले मानिसका घर-घरमा पुगेर भाँडा
माझ्ने र लुगा धुने काम गरेर केही आम्दानी गर्छिन् । पतिले घर बनाउने र
अन्य सानातिना निर्माणको ठेक्कामा हात हालेका छन् ।
‘मलाई पनि केही गरेर खान मन लाग्यो अनि
यहाँका बाँस ठेकेदार दाइलाई सिलाइ मेशिन छ, मैले साह्रै दुःख पाएकी छु
भनेपछि हजामको सामान निकालेर मलाई बस्न दिएका हुन् ।’ रेनुकाले सुनाइन् ।
भत्कन लागेको छाप्रामा रेनुकाले व्यवसाय
थालेको महिना दिन पनि भएको छैन । ‘अहिले त दिनमा ३ जना जति मात्रै आउँछन्,
त्यो पनि नयाँ सिलाउन भन्दा थोत्रा टाली माग्न मात्रै’, उनले भनिन्, ‘दिनमा
बल्लतल्ल ५० देखि ८० रुपैयाँमात्र आम्दानी हुन्छ ।’
आम्दानी विवरण पतिलाई
दिदी मीना बिहानै उठेर अरुकहाँ भाँडा
माझ्न निस्किन्छिन् । सानातिना निर्माणका ठेक्का गर्ने पति पनि विहानै
काममा लाग्छन् । दिदी-बहिनी दुबैले जति कमाए पनि सबै हिसाब पतिलाई
बुझाउनुपर्छ ।
‘दिदीले जति कमाए पनि दैनिक हिसाब
बुझाउँछिन्, मैले पनि बुझाउने गरेकी छु’, अन्तरराष्ट्रिय नारी दिवसका दिन
रेनुकाले अनलाइनखबरसँग भनिन्, ‘आम्दानी भएन भने पनि पतिलाई भन्नैपर्छ ।’
आफूहरुको आम्दानीको हिसाब खोज्ने पतिसँग
मीना र रेनुकाले कहिलेकाँही उनको आम्दानीको पनि हिसाब खोज्छन् । तर पतिले
उनीहरुलाई कहिल्यै कमाएको पैसाबारे बताउँदैनन् । ‘खान दिएकै छु, लाउन दिएकै
छु, किन चाहियो तिमीहरुलाई हिसाब भनेर पतिले टार्छन् ।’ रेनुकाले भनिन् ।
गरिब भएकोमा रेनुकालाई साह्रै चित्त
दुखेको छ । ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका दिन उनी भने
आफ्नो र छोरीको भविष्यको पिरलोमा थिइन् । ‘के गर्नु गरिबले दुख भए पनि
खुसीसाथ बस्नुपर्छ, अहिले गरिब भएर के भो त, छाप्रोमै भए पनि लुगा सिलाउन
थालेकी छु, थोरै कमाइ हुँदैछ’, रेनुका भन्छिन्, ‘मैलेजस्तो अनपढ भएर मेरी
छोरीलाई बस्न दिन्न, पढेकी भएँ म पनि किन पो दिदीको सौता आउँथे र, छोरीलाई
धेरै पढाएर मैले जस्तो दुःख भुक्तान गर्न दिन्न ।’
नारी दिवस ? मलाई केही थाहा छैन
काठमाडौंका सडकमा सुकिला-मुकिला लुगा
लाएका महिला ८ मार्च मनाउन सडकमा निस्केका बेला रेनुका जस्ता गरीखाने
वर्गका महिलालाई दुई छाक टार्नकै चिन्ता छ । ‘अन्तर्राष्ट्रिय नारी
दिवसबारे मलाई केही थाहा छैन’, रेनुकाले सुनाइन्, ‘यो दिवसबारे म केही
जान्दिँन, जुलुसमा पनि कसैले बोलाएका पनि छैनन् ।’
भिनाजुले बाँडेका सपना
बिहे गर्नुअघिसम्म भिनाजुले आफूलाई फकाउन
बाँडेका सपना रेनुकाका आँखामा झलझली घुमिरहेका छन् । भत्कन लागेको छाप्रामा
नजर डुलाउँदै रेनुका भावनामा बग्दैथिइन् । ‘विहे नगरुन्जेल पुरुषले यति
धेरै माया गर्छु, मनमा सजाएर राख्छु भन्दा रहेछन्’, रेनुकाले सुनाइन्,-
‘विहेपछि भने वास्ता पनि गर्दैनन्, हामीले अलिक ठूलो स्वरले बोल्यो भने
आँखा तरेर हेर्छन्, उस्तै परे हात हाल्न पनि पछि पर्दैनन् ।’
पढ्न लेख्न नपाएकाले रेनुकाले ठूला सपना
सजाएकी छैनन् । ‘मेरो जीवनमा ठूलो सपना केही छैन, यही छाप्रे पसल चलिदिए
हुन्थ्यो’ रेनुका भन्छिन्, ‘नानी सानी भएकाले ऊ ठूली भएपछि केही गर्ने
योजना छ ।’
माया बराबर
दिदीसँग सौता आए पनि आफू र दिदी रेनुका
दुबैलाई अहिलेसम्म बराबर माया गरेका छन् रे भेनाले । ‘दुईजना पत्नी भए पनि
बुढाले हामी दुबैलाई बराबर माया गर्छन्, कहिलेकाहीँ झगडा हुँदा सौताको
व्यवहार हुन्छ ।’ रेनुका भन्छिन् ।
दुईवटी पत्नी बनाएका शिवहरिले आफूले
मात्रै दुईजनालाई पाल्न नसक्ने बताएपछि दुबै दिदी-बहिनी काममा लागेका हुन् ।
काम गरेर पैसा कमाओ भनेपछि दुबैजना आम्दानी गर्न जुटेका हुन् ।
दिदीको मन दुखाउँदिन
कानुनका नजरमा गलत गरेर दिदीको सौता
लागेकी रेनुका दिदीको बोझ बन्न चाहन्नन् । महिलाका नजरमा सबैभन्दा ठूलो
शत्रु सौता हो । तर, दिदीका नजरमा ठूलो शत्रु बनेकी रेनुका परिश्रम गरेर
दिदीसँगै हाँसीखुशी बस्ने सपना बुन्दैछिन् । ‘दिदीका सन्तान भएनन् भनेर कोख
भर्न आएकी थिएँ, मैले छोरी जन्माएपछि दिदीले पनि जन्माइन्’, रेनुकाले
सुनाइन्, ‘अब पछुताएर के गर्नु, जे भयो भयो अब आफू पनि हाँसीखुसी रमाउने
कोशिस गर्छु, दिदीको पनि मन दुखाउँदिन ।’
- See more at: http://www.onlinekhabar.com/2014/03/174200/#sthash.7JpSkhy3.JiORROnO.dpuf

0 comments:
Post a Comment