
काठमाडौं—एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।
उपाधि विजेता टोलीलाई स्वागत गर्न युवा तथा खेलकुल मन्त्री दलजित श्रीपाली स्वयं विमानस्थल पुगेका थिए। टाेलीकाे स्वागतका लागि राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव केशवकुमार विष्ट, एन्फा कार्यवाहक अध्यक्ष मणि कुँवर, राष्ट्रिय टाेलिका पूर्व प्रशिक्षक, पूर्व कप्तान तथा राष्ट्रिय खेलाडीहरू उपेन्द्रमान सिंह, कृषण थापा, बालगाेपाल महर्जन, हरि खड्कालगायत पनि ड्रमसेटलगायत बाजागाजासहित विमानस्थल पुगेका थिए।
विजयी टोलीको स्वागतका लागि नेपालको यु–१४ राष्ट्रिय फुटबल टोली तथा महिला फुटबल टोली राष्ट्रिय झन्डा लिएर विमानस्थलमा पुगेको थियो।
त्यस्तै हजारौं फुटबल समर्थक अाम सर्वसाधारणसमेत टाेलीकाे भव्य स्वागतमा अन्तरार्ष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले नेपाल ! नेपाल !! भन्दै नारा लगाएका थिए।
उनीहरूले बाजागाजाका साथ 'याे मन त मेराे नेपाली हाे..,' 'याे नेपाली शीर उचाली..' जस्ता राष्ट्रिय गीतहरू गाएका थिए।
टाेलीकाे स्वागतमा उपस्थित नेपाली राष्ट्रिय फूटबल टाेलीका पूर्व कप्तान हरि खड्काले नेपाली टाेली लामाे समयपछि सही ट्रयाकमा फर्किएकाे प्रतिक्रिया दिएका छन्।
'याे विगतमा गरिएकाे मेहनतकाे फल हाे,' उनले नागरिकसँग भने, 'याे उपलब्धिलार्इ जाेगाउँदै साफ च्याम्पियनशीप जित्न अब नेपाली टाेलीकाे लक्ष्य हुनुपर्छ।' खेलाडीकाे जीवनस्तर सुधार्न तथा उनीहरूकाे अार्थिक उन्नति र तालिमका लागि सरकारले एन्फाले विशेष पहल लिनु पर्ने उनकाे धारणा थियाे।
विजयी टोलीलाई एयरपोर्टबाट गौशाला–बत्तिसपुतली–मैतिदेवी–पुतलीसडक–घण्टाघर–शहिदगेट–न्युराेड–त्रिपुरेश्वर–थापाथली–पुल्चोक–मंगलबजार–ग्वार्को परिक्रमा गराउँदै एन्फा मुख्यालय पुर्याइने छ।
मंगलबार मकाउलाई १–० ले हराउँदै नेपाली टोलीले एएफसी सोलिडारिटी कप जितेको थियो।
0 comments:
Post a Comment